समाचारसमाजस्थानीय

सिटी सफारीको ठक्करबाट धरानमा घाइते पैदलयात्रीको मृत्यु

धरान,
सिटी सफारीको ठक्करबाट घाइते भएका पैदलयात्रीको मृत्यु भएको छ । सफारकिो ठक्करबाट घाइते भएका युवाको धरान ५ का एक युवाको वीपी कोइराला स्वास्थ्या विज्ञापन प्रष्ठिानमा उपचारको क्रममा मृत्यु भएको हो ।


१ नम्बर प्रदेश ट्राफिक प्रहरीका अनुसार हिजो सोमबार राती ८ बजे धरान १५ स्थित श्यामचोकमा को १ ह ७८५९ नम्बरको सिटी सफारीले धरान ५ देउरालीका ३५ वर्षीय किशोर बिकलाई ठक्कर दिएको थियो । सफारीको ठक्करबाट बिक गम्भीर घाइते भएका थिए । उनलाई उपचारार्थ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो ।


उनको उपचारको क्रममा राती ११ बजेर ५० मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ । बिकलाई ठक्कर दिने सफारी चालक धरान १५ का ४३ वर्षीय मान बहादुर लिम्वु र सफारी ईलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा रहेको छ । चालकको साथमा सवारी चालक अनुमति पत्र नभएको तथा लापरवाहीको कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button