समाचारस्थानीयहेडलार्इन

मोटरसाईकल र स्कुटी ठोकिन्दा धरानका युवायुवती घाइते

धरान
धरानमा मोटरसाईकल र स्कुटी ठोक्किँदा २ जना घाइते भएका छन् । धरान–९ बगैंचालाईनमा दुर्घटना भएको हो । घाइते हुनेहरुमा स्कुटीचालक धरान (१८ राज राई र पैदलयात्री धरान –१९ की टिका लिम्बू रहेका छन् । मोटरसाइकल चालक २२ वर्षीय शिवहरि केसी सामान्य घाइते भएका छन् । राजको मुखमा चोट लागेको छ भने टिकाको निधारमा चोट लागेको छ ।


बागमती प्रदेश ०२–०२४प२१५३ नम्बरको मोटरसाइकल र को ३८ प ६८४३ नम्बरको स्कुटी एकआपसमा जुधेका थिए । घाइतेको धरानस्थित विजयपुर हस्पिटलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । पैदलयात्रीलाई कसले ठक्कर दियो भन्नेबारेमा केही खुल्न नसकेको प्रहरीले जनाएको छ । स्कुटी, मोटरसाइकल र चालक शिवहरि प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button