धर्म संस्कृतिसमाचारस्थानीय

धरान १७ मा तामाङ घेदुङ गठन

धरान
धरान १७ मा नेपाल तामाङ घेदुङ गठन भएको छ । धरान उपमहानगरपालिका वडा नं. १७ मा नेपाल तामाङ घेदुङको वडा कार्यसमिति गठन भएको हो । नेपाल तामाङ घेदुङ धरानका अध्यक्ष याम गोलेको अध्यक्षता तथा केन्द्रीय सल्लाहकार सुजेन्द्र गोलेको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले टंक घिसिङको अध्यक्षतामा ११ सदस्यीय वडा कार्यसमिति गठन गरेको छ ।


समितिको उपाध्यक्षमा सिताराम तामाङ, सचिवमा सुवास तामाङ, कोषाध्यक्षमा निमा घिसिङ, सहसचिवमा सुर्यवहादुर तामाङ, सदस्यहरुमा चन्द्रबहादुर तामाङ, राजु योञ्जन, मंगोल तामाङ, पुष्पलाल लामा, इन्द्रबहादुर तामाङ र कमला तामाङ रहेका छन् । भेलाले महेन्द्र तामाङ, जय बहादुर तामाङ, ढकेन्द्र तामाङ, राजेश घिसिङलाई सल्लाहकारमा चयन गरेको छ ।


भेलामा प्रमुख अतिथि सुजेन्द्र गोले, नेपाल तामाङ घेदुङका जिल्ला उपाध्यक्ष पृ्थ्वी मोक्तान, स्थानीय महेन्द्र तामाङ, जयबहादुर तामाङ, ढकेन्द्र तामाङ, नव गठित समितिका अध्यक्ष टंक घिसिङ लगायतले मन्तव्य राखेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button