समाचारस्थानीयहेडलार्इन

धरान खानेपानी व्यवस्थापन संघर्ष समितीले उठाएका ५ बुँदे माग सम्बोधन नभएसम्म खानेपानी बोर्डको बिल बहिष्कार गर्ने (भिडियो सहित)

धरान,

धरान खानेपानी व्यवस्थापन संघर्ष समितिले उठाएका ५ बुँदे माग सम्बोधन नभएसम्म धरान खानेपानीको बोर्डको बिल बहिष्कार गर्ने संघर्ष समितिले सार्वजनिक गरेको छ । दीर्घकालिन खानेपानी व्यवस्थापन संघर्ष समिति धरानले आफ्ना माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने जनाएको हो । बुधवार (आज) साविक खानेपानी संस्थान धरान शाखाको कार्यालय परिसरमा आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक हर्क साम्पाङले यस्तो बताएका छन् । उनका अनुसार समितिले अघि सारेको मागहरु पुरा नभएसम्म आन्दोलन जारी रहने छ । जनताका तीव्र विरोधका बावजुद राज्य आतंक र प्रहरी दमन गरी केही व्यक्तिहरुले लुकेर निर्णयगरी खानेपानी संस्थानलाई धरान खानेपानी बोर्डमा गाभिएको संयोजक साम्पाङले आरोप लगाएका हुन् ।


त्यसैगरी समितिका सदस्य धन कुमार राईले खानेपानी व्यवस्थापन बोर्डले खानेपानीमा व्यापार गरेको बताउँदै सरकारी दररेटमा नै धरानवासीलाई खानेपानी उपलब्ध गराउनु बताए । पत्रकार सम्मेलनमा समितिका सदस्य पूर्णिमा राई, विर्ख बहादुर गुरुङ, संघिय लिम्बुवान महिला मंचका जिल्ला अध्यक्ष सरस्वती सुब्बा लगायतले खानेपानीमा घोटला भएको आरोप लगाए ।


धरान खानेपानी बोर्डले २०७२ सालमा धारा जडान शुल्क लिएता पनि हालसम्म धारा जडान नगरेकाले खानेपानी बोर्ड गैरजिम्मेवार रहेको पत्रकार सम्मेलनमा उनीहरुले गुनासो पोखे । त्यसैगरी समितीले उठाएका ५ बुँदे माग सम्बोधन नभएसम्म खानेपानी बोर्डको बिल बहिष्कार गर्ने र पानीको बिल समेत नतिर्ने घोषणा गरेको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button