खेलकुदसमाचारहेडलार्इन

प्रदेश १ २१ औं गोधुली फुटबल रनिङ कप शनिबार देखि शुरु


२१ औं गोधुली फुटबल रनिङ कप शनिबारदेखि शुरु हुने भएको छ । धरानको अन्तर वडास्तरीय गोधुली फुटबल रनिङ कप यही आउदो शनिबार (२०७७ शुरु हुने भएको हो।

आयोजक गोधुली क्लबले आज (बिहिबार) बुद्धचोकमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको छ । क्लबका अनुसार प्रतियोगिता धरान १६ स्थित रंगशालामा हुनेछ । प्रतियोगिताको लागि सम्पुर्ण तयारी भइसकेको पनि उपाध्यक्ष सतिस केसीले जानकारी दिए । उनका अनुसार कोरोना महामारीको कारण प्रतियोगितालाई असर पुगेपनि निरन्तरताकै लागि आयोजना गरिएको हो ।

प्रतियोगिताको उद्घाटन खेल गत बर्षको विजेता उपविजेता धरानको वडा नं १६ र वडा नं ७ बीच हुनेछ । प्रतियोगितामा धरानको २० वटा वडाहरुमध्ये १९ वटा वडाको टिमले सहभागिता जनाउने केसीले बताए । उनका अनुसार २ नम्बर वडाले यसपटक सहभागिता जनाउने छैन । नयाँ खेलाडीहरुलाई खेल प्रतिभा देखाउने अवसरको रुपमा तथा राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य गोधुली रनिङ कपको भएको उपाध्यक्ष केसीले बताए ।


विजेताले १ लाख ११ हजार १ सय ११ रुपैया पाउनेछ भने दोस्रो हुने टिमले ५५ हजार ५ सय ५५ रुपैया पाउनेछ । यस्तै, बेष्ट प्लेयरले ११ हजार १ सय ११ नगद पुरस्कार पाउनेछ । राइजिङ प्लेयर, बेष्ट डिफेन्डर, म्यान अफ दि म्याच, बेष्ट गोल किपर, बेष्ट कोच र बेष्ट स्ट्राइकरले जनही नगद ५ हजार ५ सय ५५ रुपैया पाउनेछ भने हाइ स्कोररले ७ हजार ५ सय रुपैया पुरस्कार पाउनेछ । प्रतियोगितामा कुल खर्च १३ लाख २८ हजार २ सय ७७ रुपैया रहने क्लबले अनुमान गरिएको आयोजकले जनाएका छन् ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button