समाचारसमाजहेडलार्इन

प्रतिबन्धित खैरो हेरोइन ओसारपसारमा संलग्न ४ जना युवा पक्राउ

धरान,

धरानबाट प्रतिबन्धित खैरो हेरोइनसहित ४ जना युवा पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय धरानले उनीहरुलाई हिजो मंगलबार अलग अलग समय र स्थानमा खैरो हेरोइनसहित पक्राउ गरेको हो । हिजो दिउँसो ३ बजेर १० मिनेटमा धरान ८ अरुण टोलका ३७ वर्षीय शुक्रराज मोक्रान र धरान १८ का ३० बर्षीय दिपेश श्रेष्ठको साथबाट खैरो हेरोइन ९ ग्राम फेला परेको प्रहरीले जनाएको छ । उनीहरुलाई धरान ८ स्थित हरियालीमा को २० प ६४११ नम्बरको स्कुटरमा सवार रहेको बेला शंका लागि चेकजाँच गर्दा खैरो हेरोइन फेला परेको डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।

प्रहरीका अनुसार स्कुटर चालक शुक्रराजले लगाएको ज्याकेटको बाँयातर्फको गोजीमा लुकाएको अवस्थामा हेरोइन फेला परेको थियो । दुवैलाई सोधपुछ गर्दा मिलेमतोमा खैरो हेरोइन ओसारपसार गरेको खुलेको प्रहरीले जनाएको छ । उनीहरुलाई पक्राउ गरेर लागुऔषध मुद्दामा म्याद थप गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी हिजो नै दिउँसो १ बजेर ५० मिनेटमा धरान ६ पानवारीस्थित धरान केराबारी सडकखण्डमा धरानतर्फ आउदै गरेको को १६ प ९७९२ नम्बरको पल्सर मोटरसाइकलमा सवार २ जना युवा पनि खैरो हेरोइनसहित पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा धरान १५ का ३० बर्षीय प्रेम तामांग र धरान ८ का २४ बर्षीय जोन तामांग रहेका छन् ।

उनीहरुलाई शंका लागेर चेकजाँच गर्दा मोटरसाइकल चालक प्रेमले हेल्मेटभित्र लुकाएर बोकेको खैरो हेरोइन १ ग्राम फेला परेको थियो । उनीहरुले पनि दुवैले मिलेमतोमा ओसारपसार गरेको खुलेको प्रहरीले जनाएको छ । उनीहरुलाई पनि अदालतबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button