समाचारस्वास्थ्यहेडलार्इन

अबैध औषधीको कारोवार गर्ने मेडिकल हल संचालक पक्राऊ

धरान,

अवैध औषधीको कारोबार गर्ने मेडिकल हल संचालक पक्राउ परेका छन् । सुनसरीको धरान उपमहानगरपालिका (१५ सदन रोडमा संचालित मुसरत मेडिकल हलका संचालक अनाधिकृत औषधी बेचबिखन गरेको आरोपमा पक्राउ परेका हुन् ।

मेडिकल हलका संचालक भोक्राहा नरसिंह गाउँपालिका (६ का २७ वर्षीय सौजात आलमले आफ्नै मेडिकल हलबाट अनाधिकृत औषधी बेचबिखन गरिरहेको भन्ने सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले आलमलाई पक्राउ गरेको हो ।

प्रहरीले निजको मेडिलक हलबाट DICYCLOMINE HYDROCHIORIDE TABETES IP DECOLICE बट्टामारहेको ७०००ट्याब्लेट र खुल्ला अबस्थामा रहेको ५९०ट्याबलेट तथा TRAMADOL HYDROCHIORIDE CAPSULES TP TRAMADEX खुल्ला अबस्थामा रहेको ९८० ट्याब्लेट बरामद गरेको छ । अबैध औषधी सहित पक्राउ परेका आलमलाई आवश्यक कारवाहीको लागी औषधी ब्यबस्था बिभाग बिराटनगर बुझाउने तयारी भईरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button