समाचारस्वास्थ्यहेडलार्इन

प्रदेश १ मा फेरि एक सय २३ जना कोरोना संक्रमित थपिए, दुई सय ५१ जना डिस्चाज भएर घर फर्के

विराटनगर,
प्रदेश १ मा फेरि १ सय २३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४६, झापामा ३७, सुनसरीमा १५, इलाममा ११, ताप्लेजुङमा २, ते¥हथुम, भोजपुर र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


मोरङको विराटनगरमा ३४, उर्लाबारी, सुन्दरहरैचा र पथरीशनिश्चरेमा २–२, सुनबर्षी, लेटाङ, रंगेली, बुढीगंगा, कानेपोखरी र बेलबारीमा १–१, झापाको दमकमा १६, झापा गाउँपालिकामा ६, मेचीनगरमा ४, गौरादह र विर्तामोडमा ३–३, शिवसताक्षी र कनकाईमा २–२, कमल गाउँपालिकामा १, सुनसरीको इटहरीमा ८, बराहक्षेत्रमा ३, गढी, रामधुनी, इनरुवा र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले छ ।


इलामको इलाम नगरपालिकामा ७, देउमाईमा २, फाकफोकथुम र सुर्योदयमा १–१, ताप्लेजुङको फुङलिङ र स्थानीय तह नखुलेका १–१, ते¥हथुमको म्याङलुङ, भोजपुरको आमचोक र उदयपुरको रौतामाईमा १–१ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २८ हजार १ सय ७० पुगेको छ । प्रदेश १ मा आज ७ सय ४३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ४६ महिला र ७७ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । अहिले सम्म प्रदेश १ मा १ लाख ९६ हजार ७४ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।


प्रदेश १ बाट आज २ सय ५१ जना डिस्चार्ज भएर घर फर्केका छन् । होमआईसोलेसनबाट २ सय २३, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १४, मेची अस्पतालबाट ८ र न्युरो अस्पतालबाट ५, विराट मेडिकल कलेजबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २३ हजार १ सय ५० पुगेको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button