शिक्षासमाचारहेडलार्इन

परीक्षा निरीक्षणमा निस्कन लागेकी शिक्षिकाको अचानक मृत्यु

डोटी,
जिल्लाको जोरायल गाउँपालिका (४ घण्टेश्वर माध्यमिक विद्यालयमा बालविकास सहजकर्ताका रूपमा कार्यरत २६ वर्षीया शिक्षिका टिकेश्वरी शाहु (खड्का) को आज बिहान अकस्मात मृत्यु भएको छ ।


इलाका प्रहरी कार्यालय जोरायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक महेन्द्र थापाका अनुसार सो विद्यालयमा सञ्चालन भइरहेको कक्षा १२ को परीक्षामा निरीक्षकका रूपमा सहभागी हुन विद्यालय नजिक पुग्दै गर्दा एक्कासी बेहोस भएर उनी ढलेकी थिइन्।


बेहोस भएकी शाहुलाई उपचारका लागि जोरायल गाउँपालिकाको रावतकट्टेमा रहेको जोरायल फार्मेसीमा लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय जोरायलले जनाएको छ ।
मृतक शाहु २०७६ वैशाखदेखि बालविकास सहजकर्ताका रूपमा सो विद्यालयमा कार्यरत रहेको शिक्षक मीनबहादुर रोकायाले जानकारी दिए । उनका श्रीमान् र दुई छोरी छन्।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button