समाचारस्वास्थ्यहेडलार्इन

प्रदेश १ मा फेरि एक सय ७१ जनामा कोरोना संक्रमण पुष्टि

विराटनग,

प्रदेश १ मा १ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सबै भन्दा बढीमा मोरङमा ९२ जना संक्रमित पुष्टि भएका छन् भने सुनसरीमा ६३ जनामा कोरोना पुष्टि भ

एको छ । यस्तै, झापामा ११, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विराटनगरमा आज ६५ जनामा संक्रमण देखिएको छ । संक्रमित हुनेमा १५ महिला र ५० पुरुष छन् । मोरङको बुढीगंगामा ४ महिला र ६ पुरुष, जहदा र कटहरीमा ३–३ पुरुष, सुन्दरहरैचामा १ महिला र १ पुरुष, लेटाङमा १ पुरुष, रतुवामाई, रंगेली र धनपालथानमा १–१ महिला, बेलबारी र ग्रामथानमा १–१ पुरुष, स्थानीयतह नखुलेका १ महिला र २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको धरानमा ११ महिला र १७ पुरुष, दुहवीमा ३ महिला र १९ पुरुष, इटहरीमा ४ महिला र ७ पुरुष, गढीमा २ पुरुषमा कोरोना पुष्टि भएको छ । त्यस्तै, झापाको दमकमा ५ महिला र १ पुरुष, मेचीनगरमा ३ पुरुष, कनकाईका १ महिला र स्थानीय तह नखुलेका १ पुरुष, खोटाङमा १ महिला, धनकुटामा १ पुरुष र प्रदेश १ बाहिरका १ महिला २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक मन्त्रालयले जनाएको छ । आज थपिएका सहित प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार २ सय ७१ पुगेको छ । प्रदेश १ मा आज ४३ जना डिस्चार्ज भएका छन् । आज सम्म डिस्चार्ज हुनेको संख्या २ हजार २ सय ३९ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

https://www.youtube.com/watch?v=5kP_6BqWYvw

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button