अर्थ खबरसमाचार

धनकुटा उद्योग वाणिज्य संघद्धारा स्वास्थ्य संस्थालाई सुरक्षित सामाग्री प्रदान

धनकुटा,

धनकुटा उद्योग वाणिज्य संघद्धारा स्वास्थ्य संस्थालाई सुरक्षित सामाग्री वितरण गरेको छ । धनकुटाको कारोना भाईरस दिन प्रतिदिन फैलदै गएपछि बाणिज्य संघ धनकुटाले कोशी अञ्चल आयुर्वेद औषधालय धनकुटा सहित दुई निजि स्वास्थ्य संस्थाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई भदौं २१ गते आईतबार (आज) सुरक्षित समाग्री वितरण गरेको हो । आयुर्वेद औषधालय धनकुटालाई १ सेट पिपिई,चार थान फ्रेस शिल, माक्स, जनभावना होमियोप्याथिक हस्पिटल धनकुटा र हलेशी डेण्डल हस्पिटल धनकुटालाई फेस शिल र माक्स लगायत सुरक्षित समाग्रीहरु प्रदान गरिएको छ ।

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ,कोषाध्यक्ष रुपेश श्रेष्ठ,कार्यकारी सदस्यहरु रेजिना पलिखे,डिजेश शाक्य,लिजा श्रेष्ठ,अम्बिका धमला,सदस्य विपिन थापा लगायतले आयुर्वेद औषाधलयका डा.उपमेश महतो,जन भावना होमियो प्याथिक हस्पिटल धनकुटाका डाक्टर खगेन्द्र कटुवाल,हलेसी डेण्टल हस्पिटलका संचालक तथा स्वास्थ्यकर्मीहरुलाई सुरक्षित सामाग्रीहरु प्रदान गएिको बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले बताए ।

https://www.youtube.com/watch?v=cgvMEQ0rnTw

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button