राजनीतिसमाचारहेडलार्इन

नेकपा नेता तथा कार्यकर्ताद्धारा वडाअध्यक्ष माथि हातपात

काठमाण्डौं,

नेकपा नेता तथा कार्यकर्ताद्धारा वडाअध्यक्ष कुटिएका छन् । आफ्नै पाटीको बैठकमा वडाध्यक्षमाथि हातपात भएको हो । सत्तारूढ दल नेपाल कम्युनिस्ट पाटी (नेकपा) को अदानचुली गाउँपालिका –१ को वडा कमिटी बैठकमा सहभागी वडाध्यक्ष रग थापामाथि पाटीकै नेता÷कार्यकर्ताद्वारा हातपात भएको छ । बैठकमा पाटीका नेता तथा कार्यकर्ताले गरेका जिज्ञासाका बारेमा जवाफ दिने क्रममा पाटीका कर्णाली प्रदेश समन्वय परिषद्का सदस्यसमेत रहेका मानबहादुर थापाले हातपात गरेको पीडित वडाध्यक्ष थापाले जानकारी दिए ।

‘पाटीको वडा कमिटीले वडाको सत्तासँग छलफल गर्ने भनेर चिठ्ठी काटेकाले म त्यहीअनुसार बैठकमा सहभागी भएँ’, वडाध्यक्ष थापाले भने, ‘सबैले राखेका जिज्ञासाको जवाफ दिने क्रममा ‘तिमी सत्ताका भतुवाहरु भत्ताले मातेका’ भन्दै अचानक आएर मुखमा हिर्काए ।’ पाटीको औपचारिक बैठकमा बिना कमजोरी आफूमाथि हातपात भएको उल्लेख गरेका थापाले जनकल्याण आधारभूत विद्यालय जस्तो सार्वजनिकस्थलमा आफूमाथि भएको हातपातका बारेमा पाटी र प्रशासनमा उजुरी दिने बताए । वडाध्यक्ष थापा नेकपा अदानचुली गाउँ कमिटीका सदस्यसमेत रहेका छन् ।

https://www.youtube.com/watch?v=6rBpqawzefw&t=207s

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button