समाचार

धनकुटामा लकडाउन कडा बनाईने जिल्ला प्रशासनको निर्यण

धनकुटा,

धनकुटामा निषेधाज्ञा कडा बनाईने भएको छ । भदौं १४ गते आईतबार प्रमुख जिल्ला अधिकारी तथा सि सि एम धनकुटाका अध्यक्ष केशव प्रसाद बिमलीको अध्यक्षतमा बसेको बैठकले आजै राती १२ बजे देखि १७ गते राती १२ सम्म निषेधाज्ञा कडा बनाईने निर्यण भएको हो । निषेधाज्ञा कडा बनाईने भएतपनि एक समय अत्यावाश्कका पसलहरु खुल्ला गरिने बताईएको छ ।

समुदाय स्तरमा कोरोना भाईरस फैलिदै गएकाले नियन्त्रण गर्ने लक्ष्यका साथ आज राती १२ बजे देखी १७ गते राती १२ बजे सम्म लक डाउन तथा निशेधाज्ञालाई कडा बनाईने जिल्ला स्तरीय सि सि एम सिको बैठकले निर्णय गरेको हो । समुदाय स्तरमा समेत कोरोना भाइरस देखा परेकोले उनीहरुको कन्टाक्स टेस्टको रिर्पोट नआए सम्म तिन दिन सम्म धनकुटा जिल्लाभरी नै निषेधाज्ञा लाई कडा बनाई लागु गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले जानकारी दिए ।

यस अघि विहान र साँझ २ समय उपभोग्य वस्तुका पसलहरु खुल्ला गर्ने निर्णय गरिएको थियो । कोरोना भाइरस समुदाय सम्म फैलिएकाले अब अत्यावाश्यक सामाग्रीहरुको पसल विहान ७ बजे देखी १० बजे सम्म एक पटक मात्र खुल्ला गर्ने निर्यण भएको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले बताए ।

लक डाउनको अवधिभर बैक तथा वितिय संस्थाहरुले अनलाईनबाट मात्र काम गर्ने साथै सकारी कार्यालयहरुले समेत अनलाईबाट सेवा प्रवाह गर्ने बैंठकले निर्णय गरेको संघका अध्यक्ष राईले जानकारी दिएका छन् । अत्यावाश्यक सेवा कार्यालयबाट प्रदान गर्ने,यातयातका साधनहरु संचालनमा पूर्ण रुपमा बन्द गर्ने र अत्यावाश्यक काम वाहेक मानिसलाई हिडडुल गर्न समेत रोक लगाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा रत्न दर्लामीले बताए ।

https://www.youtube.com/watch?v=scM0aUc_iNU

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button