समाचारस्वास्थ्य

देशभर एक हजार दुई सय २१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौं,

नेपालमा १ हजार २ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भदौं १४ गते आईतबार देशभर १ हजार २ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएको हो ।

यो सगै नेपालमा संक्रमितको संख्या ३८ हजार ५ सय ६१ जना पुगेको छ । हालसम्म नेपालमा २ सय २१ जना संक्रमितको मृतयु भएको प्रवक्ता गौतमले बताएका छन् । पछिल्लो २४ घण्टामा थप २ सय ६७ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा २० हजार ८ सय २२ जना डिस्चार्ज भएका छन् ।

https://www.youtube.com/watch?v=cgvMEQ0rnTw

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button