समाचारसमाजस्थानीय

छुरा प्रहार गरी फरार रहेका धरान १४ का ठम्मरे पारुहाङ पक्राउ

धरान,

छुरा प्रहार गरी फरार रहेका धरान १४ का ठम्मरे पक्राउ परेका छन् । एक बर्षअघि धरान ३, आइतबारे सडक पिण्डेश्वरी चौकमा बस्ने रञ्जित तामाङलाई धारिलो हतियार छुरा प्रहार गरी फरार भएका ठम्मरे लाई ईलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धरान १४ का २१ वर्षीय ठम्मरे पारुहाङ भन्ने ससिम राई रहेका छन् । उनलाई आज धरान १४ स्थित गाउँमा नै लुकेर बसेको अवस्थामा पक्रउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । प्रहरीका अनुसार उनीविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ । उनले २०७६ असार १० गते राती आइतबारेस्थित सकडमा धरान १४ कै १९ वर्षीय रञ्जित तामाङलाई छुरा प्रहार गरेका थिए । उक्त घटना पछि ठम्मरे फरार भएको प्रहरीले जनाएको छ ।

https://www.youtube.com/watch?v=6rBpqawzefw

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button