समाचारसमाजस्थानीय

ब्राउन सुगर सहित २० वर्षीय शेर्पा पक्राऊ

धरान,

लागुऔषध सहित १ जना युवा पक्राउ परेका छन् । धरान १३ बाट लागुऔषध ब्राउन सुगर सहित २० वर्षीय विजय शेर्पालाई ईलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालयले शेर्पालाई ३ ग्राम ३ सय मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित भदौं ११ गते बिहिबार (आज) दिउँसो ३ बजे पक्राउ जनाएको छ ।

प्रहरीका अनुसार शेर्पाको कोठाको खाटमा रहेको सिरानीमुनि प्लाष्टिकको बजारे झोलाभित्र लुकाएर राखेको अवस्थामा ब्राउन सुगर बरामद गरिएको थियो । शेर्पालाई पक्राउ गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्र बस्नेतले जनाएको छ ।

https://www.youtube.com/watch?v=6rBpqawzefw

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button