समाचारसमाजस्थानीय

लागुऔषध बिक्रिबितरण गर्ने एक युवा पक्राऊ

धरान,

लागुऔंषध बिक्रीवितरण गर्ने १ जना युवा धरानबाट पक्राउ परेका छन् । धरान १० मा घर भई सोही वार्डमा डेरा गरी बस्ने २४ वर्षीय प्रतिक दाहाल लाई ईलका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो । दाहालको कोठा प्रहरी खानतलास गर्ने क्रममा प्रहरीले रातो हाते झोलामा लुकाई छिपाई राखेको अवस्थामा डाइजल्याब २२ एम्मुल , फेनिरामिन २२ एम्पुल र लुपिजेसिक २२ एम्पुल गरी जम्मा ६६ एम्पुल बरामद् गरेको प्रहरीले जानकारी दिएका छन् ।

लागुऔषध संचय गरी बिक्री बितरण गर्ने गरेको भन्ने बिशेष सुचनाका आधारमा भदौं ७ गने आइतबार दिउँसो ४ बजे दाहाललाई प्रहरीले पक्राउ गरेको हो । दाहाललाई पक्राउ गरी भदौं ८ गते सोमबार (आज) सुनसरी जिल्ला अदालतबाट लागूऔषध मुद्धाको अनुसन्धानको लागि म्याद थप गरी अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरिक्षक ज्ञानेन्द बस्नेतले जानकारी दिए ।

https://www.youtube.com/watch?v=-zt7_lMiKJg&t=556s

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button