समाचारस्वास्थ्य

फेरि वीपीमा ८ जना विरामीमा कोरोना संक्रमण पुष्टि

धरान,

फेरि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ८ जना बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रतिष्ठानमा उपचाररत ८ जना विरामीमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएकाहरुलाई कोभिड अस्पतालमा सारिएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । संक्रमण देखिएकाहरु एक जना आइसियुमा उपचाररत थिए । ३ जना मेडिसिन वार्डमा उपचार गराईरहेका थिए भने १ जना सर्जरी वार्डमा उपचाररत थिए । यस्तै, शंकास्पद भएर कोभिड हस्पिटलमा नै राखिएका ३ जनाको पिसिआर रिपोर्ट पनि पोजेटिभ आएको प्रवक्ता डा.सापकोटाले जानकारी दिए ।

कोभिड हस्पिटलमा एक जनाको नाम जुधेको कारण संख्या ८ वा ९ कति जना भन्ने प्रष्ट भइनसकेको पनि डा.सापकोटाले जानकारी दिए । स्वाबको नमुना २ जना डाक्टरले लिएर ल्याबमा पनि २ वटा नै पठाइएको कारण तथ्यांकमा भने ९ जना रहेको छ । तर, एकै व्यक्तिको स्वाब २ पटक परीक्षणमा गएको हुनाले यस्तो भएको हुनसक्ने पनि उनले बताए । ‘९ जनाको लिष्ट छ, तर एउटा नाम जुधेको कारण ८ जना मात्र हो कि भन्ने पनि छ, डा. सापकोटाले भने ।

https://www.youtube.com/watch?v=cgvMEQ0rnTw&t=13s

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button