समाचारस्वास्थ्यहेडलार्इन

प्रदेश १ मा एक सय २ जनामा कोरोना संक्रमित पुष्टि (कुन जिल्लामा कति)विवरण सहित

विराटनगर,

प्रदेश नम्बर १ मा भाद्र ६ गते शनिबार १ सय २ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । शनिबार (आज) ३७ जना महिला र ६५ जना पुरूष गरी १ सय २ जना संक्रमित थपिएका छन् । मोरङ जिल्लामा ४९, सुनसरीमा ३०, झापामा १६, भोजपुरमा ३, इलाममा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा २० महिला १३ पुरुष, सुनसरीमा २ महिला ८ पुरुष, सुन्दरहरैचामा १ महिला १ पुरुष, कटहरीमा २ पुरुष, धनपालथानमा १ पुरुष र स्थानीय तह नखुलाएकी १ महिला रहेका छन् ।

मन्त्रालयका अनुसार सुनसरीको दुहवीमा १२ पुरुष, इटहरीमा ५ महिला ३ पुरुष, धरानमा १ महिला ३ पुरुष, गढीमा १ महिला ३ पुरुष, भोक्राहामा १ पुरुष र स्थानीय तह नखुलाएकी १ महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस्तै, झापाको दमकका ३ महिला १३ पुरुष, भोजपुरको अरण गाउँपालिकामा ३ पुरुष, इलामको देउमाईका १ पुरुष र प्रदेश १ बाहिरका २ महिला १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ५ सय ८९ पुगेको छ । प्रदेश १ मा हाल सम्म १ हजार २ सय ४३ जना कोरोना संक्रमित बिरामी डिस्चार्ज भएका घर फर्केका छन् ।

https://www.youtube.com/watch?v=pCK7LpKaA4c&t=132s

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button