समाचारस्वास्थ्यहेडलार्इन

धरानमा फेरि ९ जनामा कोरोना पुष्टि

धरान,

धरानमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सङ्क्रमित हुनेहरूमा धरान (१० का २ जना महिला १६ र २० बर्षीय युवती, धरान (६ का २७ वर्षीय २ जना पुरुष, धरान (१३ का ३४ र ४३ वर्षीय २ जना पुरुष, धरान (१५ का २९ वर्षीय पुरुष, धरान (१६ का २७ वर्षीय पुरुष र धरान (१९ का ४० वर्षीय पुरुष रहेका छन् । साउन २६ गते मा कोरोना सङ्क्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जानकारी दिएका छन् ।

थप भेटिएका संक्रमित मध्ये ४ जना भारतीय सेनामा रहेकोले उनीहरु एन्फा क्यावरेन्टाइनमा बसेका छन् । उपमहानगरपालिकाले हालसम्म १ हजार ९ सय जनाको पिसीआर टेष्ट गराई सकेका छन् । ती मध्ये ५५ जनामा कोरोना संक्रमण पुष्टि स्वास्थ्य महाशाखा प्रमुख मेहेताले बताए ।

https://www.youtube.com/watch?v=zt02HNe_LM4&t=2561s

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button