समाचारस्वास्थ्य

नेपालमा थप चार सय ६४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं,

देशभर थप ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना भाइरस संक्रमणबाट काठमाडौं उपत्यका लगायत नेपालमा ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

साउन २३ गते शुक्रबार (आज) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमति पत्रकार सम्मेलनका क्रममा दिएको जानकारी अनुसार ७ हजार ९ सय २६ पीसीआर परीक्षणमा ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

आज थपिएका ४ सय ६४ संगै कोरोना संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ । अहिलेसम्म १५ हजार ८ सय १४ जना डिस्चार्ज भएका छन ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button