समाचारसमाज

चरनबाट गुरुङको खशी चोरेर टेम्पोमा हाली भाग्दै गर्दा चार जना युवा पक्राऊ

धरान,

चरनबाट गुरुङको खशी चोरेर टेम्पोमा हाली लैजाने ४ जना युवालाई ईलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ । धरान १३ का आशबहादुर गुरुङको २ वटा खसी अन्दाजी १७ ÷ १७ किलो तौलको चरीरहेको अवस्थामा चरनबाटै चोरी गरेर टेम्पोमा हाली लैजाने ४ जनालाई प्रहरीले पक्राऊ गरेको हो ।

मोरङ बेलबारी नगरपालिका ११ का १९ वर्षीय रोशन पराजुली, सुन्दर हरैचा नगरपालिका ७ का २९ वर्षीय डम्बर बहादुर मगर, इलाम माईजोगमाई गाउँपालिका ९ का २० बर्षीय विशाल गुरुङ र ताप्लेजुङ वाखो खोपातालका ३२ वर्षीय विवेक तामाङ पक्राउ परेका हुन् । उनीहरुलाई प्रहरीले साउन १७ गते शनिबार (हिजो) धरान २० वीपी पार्क नजिक चेक पोइन्ट खडा गरेर पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आशबहादुर गुरुङको २ वटा खसी चरीरहेको अवस्थामा चोरी गरेर टेम्पोमा हालेर लगेको सुचना पाए लगत्तै प्रहरीले वीपी पार्क नजिक चेकपोन्ट खडा गरेर चेकजाँच गर्दा टेम्पोमा लुकाई छिपाई कालो र सेतो रंगका २ वटा खशी वरामद भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । पक्राउ परेका चारै जना युवालाई साउन १८ गते आईतबार (आज) चोरी मुद्दामा अनुसन्धानको लागि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

https://www.youtube.com/watch?v=9cIVEn2-wfM

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button