रोजगारसमाचार

भ्रष्टाचारविरोधी अभियान्ता श्रम कार्यालयका प्रेमप्रसाद सञ्जेललाई कर्मचारीले कार्यकक्षमै कुटे

विराटनगर,

भ्रष्टाचार बिरोधी अभियान्ता श्रम कार्यालयका प्रेमप्रसाद सञ्जेल कार्यकक्षमै कुटिएका छन् । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलमाथि साउन १७ गते शनिबार (आज) कार्यालयमै कुटपिट भएको हो । भ्रष्टाचारविरोधी अभियान्ताको छवि बनाएका उप–सचिव सञ्जेल शनिबार कार्यालयमा कुटिएका हुन् । बिदाको दिन पनि कार्यालय पुगेका सञ्जेललाई कार्यालयका सहयोगी कर्मचारी नेत्र भट्टराई र मेनुका सापकोटा कोइरालाले कुटपिट गरेको प्रहरीले जनाएको छ ।

कार्यालयकै कामको विषयलाई लिएर विवाद उत्पन्न भएपछि श्रम कार्यालयका प्रमुखमाथि आक्रमण भएको मोरङ प्रहरी प्रमुख उपरिक्षक सन्तोष खड्काले जानकारी दिए । सञ्जेलमाथि टेबुलमाथि राखेको पेपर वेटको डल्लो, चप्पल, नेल कटर, पञ्चिङ मेसिनलगायत प्रहार भएको थियो । कुटपिटमा संलग्नलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान शुरु गरिएको उपरिक्षक खड्काले जानकारी दिए ।

कुटपिटबाट सञ्जेलको निधार लगायत अनुहारका विभिन्न भागमा चोट लागेको छ । सञ्जेल प्राय सार्वजनिक विदाका दिन पनि कार्यालयमै आएर काम गर्दै आएका छन । स्थानीयका अनुसार सञ्जेल आइपुगेको केही बेरमा नेत्र र मेनुका पनि कार्यालय प्रवेश गरेर चुक्कुल लगाएर भित्र कुटपिट गरेका थिए । मिटिङ भन्दैं उनका चलाकलाई बाहिर निकालिएको थियो । श्रम अधिकृत सञ्जेलले पटक – पटक गालीगलौज गर्ने र अनावश्यक ड्युटीमा लगाउँदै एकलौटी पेल्ने काम गरेकाले आवेशमा आएर कुटपिट गरेको कुटपिटमा संलग्नहरुले प्रहरीसँग बयान दिएका छन् ।

 

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button