राजनीतिसमाचार

संघीय लिम्बवान मञ्च धरानले वीपी प्रतिष्ठानका उपकुलपतिलाई चेतावनी दिदै ज्ञापन पत्र बुझायो (भिडियो सहित)

धरान,

संघीय लिम्बुवान मञ्च धरानले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीलाई चेतवानी सहित ज्ञापन पत्र बुझाएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति प्रा.डा. गिरी नियुक्त भएपछि प्रतिष्ठानले चर्चेको जग्गा विक्री गर्ने षडयन्त्र भैरहेको छ भनि स्थानीय पत्रपत्रिकामा समाचार प्रकाशित भएको उद्धरण गर्दै संलोराम संघीय लिम्बुवान मञ्चले मंगलवार उपकुलपति प्रा.डा. गिरीलाई ज्ञापनपत्र बुझाउँदै प्रतिष्ठानको सम्पक्ति माथि खेलबाड गर्ने कुचेष्टा भएको आसङ्क्का मात्र भएको देखा परे पाटीले कडा आन्दोलन गर्ने चेतावनी दिदै ज्ञापन पत्र बुझाएको हो ।

प्रतिष्ठानको सार्वजानिक सम्पक्ति माथि गिद्वेनजर लगाउने, र भ्रष्टचार गर्ने प्रतिष्ठानका नेतृत्व माथि जस्तो सुकै कार्यवाही हुने ज्ञापन पत्रमा उल्लेख छ । प्रतिष्ठानको गरिमालाई अम¥र्यादित बनाउने र बनाउन खोज्ने नेतृत्व प्रति समेत संघीय लिम्बुवान पार्टी सदैव निगरानीमा रहने ज्ञापन पत्रमा भनिएको छ । मिडियामा उल्लेखित समाचारहरु साचो ठहरिए आरोपित नेतृत्वले नैतिकताको आधारमा जिम्मेवारी बाट राजिनामा दिइ स्पष्टिकरण दिन तत्पर रहन समेत ज्ञापन पत्रमा लेखिएको छ । प्रतिष्ठान लाइ चुस्त दुरुस्त राख्नको लागि भन्दै संघीय लिम्बुवान मञ्च नेपालले ५ बुँदे माग समेत राखेका छन् ।

ज्ञापनपत्रमा प्रतिष्ठानको अस्पतलामा लापरवाही र मनोमानी भएको भन्दै ५ सुत्रिय माग समेत गरेको छ । ज्ञापनपत्रमा भनिएको छ ‘प्रदेश १ कै गहनाको रुपमा रहेको प्रतिष्ठान स्वायत्त स्वास्थ्य विज्ञान विश्वविद्यालयको अबौंको जग्गा बेच्ने व्यापारिक घरना सगँ गोप्य सेटिङ भैरहेको भन्ने पत्रपत्रिकामा बाहिरीएको विषय प्रति हाम्रो पार्टी घोर आपत्ति जनाउदै यदि प्रतिष्ठानको सम्पक्तिमाथि खेलबाडगर्ने कुचेष्टा भएको आशंका मात्र भएको पाइए पार्टी कडाइका साथ आन्दोलन गरी सार्वजानिक सम्पत्ति माथि गिद्वे नजर लगाउने प्रतिष्ठानका नेतृत्व माथि जस्तो सुकै कार्यवाही हुने समेत ज्ञापन पत्रमा जानकारी गराईएको छ ।

लिम्बुवाका जिल्ला अध्यक्ष अमर इजम र नगर अध्यक्ष सञ्जहाङ पालुङवको हस्ताक्षर भएको ज्ञिापनपत्रपमा प्रतिष्ठानमा लापरवाही, मनोमानी भएको भन्दै विज्ञप्तीमा निम्न ५ सुत्रिय माग गरिएको छ १) आपतकाल स्वास्थ्य सेवामा अहोरात्र खट्रने स्वास्थ्यकर्मीहरु लाई पिपिईको व्यावस्था तत्कानगर्नु पर्ने २) प्रतिष्ठानको औषधी पसलमा आवस्यक परेको सम्पूर्ण औषधिहरु पूर्णरुपमा उपलब्धगर्नु पर्ने ३) स्वास्थ्य विमा गरेकाहरुको उपचार गर्ने विरामिहरु लाई विमाद्वारा निर्धारण भएको औषधि तत्काल उपलब्ध गराउनु पर्ने ।

त्यस्तै ४) कोरोना संङ्व्रmमित विरामिहरुको उपचारको व्यावस्थापन लाई सुधार गर्नु पर्ने ५)प्रतिष्ठानका आसेपासेहरुको आफन्तलाई भित्र–भित्रै मनोमानी तरिकाले कर्मचमरी नियुक्तीगर्ने चलन तुरुन्त रोक लगाउनृु पर्ने । उल्लेखित पाचँबुदे माग प्रतिष्ठानले तुरुन्त कार्यानयन नगरी आलटालगर्ने चेष्टा गरे धरानका सरोकारवाला र लिम्बुवान मञ्च मुुख दर्शक बनेर नबस्ने चेतावनी विज्ञप्तीमा भनिएको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button