राजनीतिसमाचारहेडलार्इन

नेपालको भौगोलिक अखण्डता, एकता र सार्वभौमसत्ताको पक्षमा अभूतपूर्व राष्ट्रिय सहमति जुट्यो, संसदबाट  नयाँ नक्सा पारित धरानमा पनि दिप प्रज्वलन

धरान,

संसदबाट नेपालको नयाँ नक्सा पारित भएको छ । नेपालको भौगोलिक अखण्डता, एकता र सार्वभौमसत्ताको पक्षमा अभूतपूर्व राष्ट्रिय सहमति भइ शनिबार (आज) नयाँ निशाल छापसहितको संविधान संशोधन विधेयक प्रतिनीधिसभाबाट पारित भएको हो । नेकपा धरानले खुशियालीमा आज साँझ धरानको भानुचोकमा दिप प्रज्वलन कार्यक्रम गरेको छ । आज बसेको प्रतिनीधि सभा बैठकले नयाँ निशान छापसहित संविधान संशोधन भए पछि विगत ५८ बर्षदेखि अतिक्रमित नेपालको भूभाग समावेश गरी नयाँ निशान छाप सहितको नेपालको नयाँ नक्सा कायम गरिएको हो ।

नेपाल कम्युनिष्ट पाटी (नेकपा) कोे आह्वानमा धरानमा दिप प्रज्वलन गरिएको छ । सो दिप प्रज्वलन कार्यक्रममा पार्टीका नेताहरुसँगै धरानवासीहरुको पनि सहभागिता रहेको थियो । बसपार्क क्षेत्रमा राष्ट्रिय झण्डा र नयाँ नक्सा बनाएर दिप प्रज्वलन गरिएको थियो । दिप प्रज्वलन कार्यक्रमलाई नेताहरुले सम्बोधन गरेका थिए । तले नेपाली भुमी कालापानीमा आफ्नो सेना राखेको छ भने लिपुलेक हुदै चीनको मानसरोवर पुग्ने सडक खनेर उद्घाटन पनि गरिसकेको छ । सो सडक नेपाली भुमीमा भारतले खनेको हो ।

त्यो सार्वजनिक भएपछि नेपालमा भारत विरुद्ध प्रर्दशनहरु हुदै आएको थियो । सरकारले यसअघि जेठ ५ गते नयाँ नक्सा पास गरेको थियो भने ७ गते सार्वजनिक गरेको थियो । नयाँ नक्सा अनुसार निशान छाप परिर्वतन गर्न ९ गते नै संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता भएको थियो ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button