अर्थ खबरसमाचारहेडलार्इन

आगोले पोलेर घाईते भएकी बालिकालाई ४२ हजार उपचार सहयोग

बराहक्षेत्र,

आगोले पोलेर गम्भीर घाइते भएकी बालिकाको उपचारका लागि आर्थिक सहयोग जुट्न थालेको छ । वराहक्षेत्र नगरपालिका वार्ड नं. –५ सिमरवन चोककी ५ वर्षीया बालिका देविका बराईलीको आगोले पोलेर गम्भीर घाइते भएकी थिइन् । ४ महिना अघि शरीरको अगाडि छातीको भाग र पेटमा आगोले पोलेको थियो ।


परिवारलाई देविकाको उपचार विराटनगरको म्याक्स अस्पतालमा गरिरहेका थिए । तर, उपचार अभाव हुँदा उनको उपचार अगाडि बढ्न नसकेको आमा लक्ष्मी बराइलीले सुनाईन् । बालिकाको उपचार खर्च अभाव भएपछि विभिन्न संघ सस्था र सहयोगी हातहरुले उपचार खर्च संकलन गर्न थालेका छन् । आर्य आर्जनको कुनै बाटो नभएपछि छोरीको उपचारमा समस्या आएको आमा लक्ष्मीले बताईन् । आफु संग आर्थिक नभएकाले चिनेजानेको साथीभाई र संघ सस्थालाई छोरीको उपचारका लागि सहयोग संकलन गरी दिन अनुरोध गरेकी लक्ष्मीले कोशीपोष्ट डटकम अनलाईन संग कुरा गदै सुनाईन् ।

गत माघ २२ गते बिहान अभिभावक नभएको बेला घर भित्र खेल्ने क्रममा बालिकाको लुगामा आगो सल्केर घाईते बनेकी थिईन् । उनको पोलेको भागमा छाला लगाउनुपर्ने (स्किन ग्राफ्टिङ) गर्न चिकित्सकले सुझाव दिएपछि विक परिवार थप चपेटामा परेका हुन् । बालिकाको उपचारका लागि वराहक्षेत्र –५ का समाजसेवी तथा व्यापारी प्रदीप ढकालको पहलमा हिजो मंगलबार ४२ हजार २ सय ९५ रुपैयाँ आर्थिक सहयोग जम्मा भएको छ ।

संकलित रकम ढकालले पीडित बालिकाकी अभिभावक उमेश विक र लक्ष्मी बराइलीलाई प्रदान गरेका छन् । विक दम्पत्तीले छोरीको उपचारका लागि सहयोगको याचना गरेकाले आफुले चिनेजानेको व्यापारी र साथीभाईबाट बालिकालाई उपचारमा सहयोग होस भन्ने उद्देश्यले आर्थिक सहयोग संकलन शुरु गरिएको अभिन्नता ढकालले बताए । उपचारका लागि संकलन भएको रकम बालिकाकी बुबा आमाको नाममा मितेरी बैंकको खाता नम्बर ०१५११२०००४३६२५०००००१ मा जम्मा गरी दिने ढकालले जानकारी दिए । सहयोगी हातहरुले दिएको रकम बालिकाको उपचारमा मात्र खर्च होस भनेर अभियानमा संकलन भएका सबै रकम बैंकमा जम्मा गर्ने ढकालको भनाई थियो ।

आर्थिक सहयोग जुट्यो भने पीडित बालिकालाई उपचारका लागि काठमाडौंमा लैजाने बुबा उमेशले जानकारी दिए । बालिकालाई आर्थिक सहयोग संकलन हुने क्रम जारी रहेको छ । प्रबोध साप्ताहिकका प्रबन्ध निर्देशक लम्जेल संघर्षशीलको पहलमा धरानका अपाङ्ग पुनस्थापना केन्द्रका निर्देशक सुनिल खड्काले २० हजार नगद र धरानमा ड्रेसिङ उपचार गरिदिने र अस्पतालमा बस्ने कुरुवालाई खान बस्न सुविधा गरिदिने लम्जेलले रकम हस्तान्तरण कार्यक्रममा बताए ।

https://www.youtube.com/watch?v=GgC5nesdZVU

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button