समाचारस्वास्थ्य

आज बिहान ३२ जनामा संक्रमण देखिएपछि नेपालमा कोरोना संक्रमितको संख्या ५४८ पुग्यो

काठमाण्डौ.

बारा र चितवनमा आज थप १ १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै बारामा जम्मा कोरोना संक्रमितको संख्या ११ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको स्वाब परीक्षणका क्रममा बाराको करैयामाई गाउँपालिकाकी ३७ वर्षिय महिलामा आज कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा आज विहान (शनिवार) ३२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ५ सय ४८ पुगेको छ । अहिलेसम्म ७० जना उपचार पछि निको भएका छन् भने ३ जनाको मृत्यु भईसकेको छ ।

त्यस्तै आजै भरतपुर अस्पताल कोभिड(१९ प्रयोगशाला भरतपुरमा गरिएको स्वाब परीक्षणका क्रममा चितवनको भरतपुर ६ निवासी ५२ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै चितवनमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ । मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रेहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

https://www.youtube.com/watch?v=GgC5nesdZVU&t=619s

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button