समाचारस्वास्थ्यहेडलार्इन

कोरोना भाईरस महामारीमा उत्तम विकल्प होमियोप्याथिक चिकित्साको मत्हपूर्ण भूमिका ः डा.खगेन्द्र कटुवाल

धनकुटा

अहिले विश्व कोरोना कोभिड–१९ को महामारीको चपेटामा गुज्र्र्रीरहेको छ । विश्वका सर्वशक्तीमान महशुस गरिरहेका व्यक्ति र राष्ट्रहरु समेत यस समस्याको समाधानको लागि चिन्तित भएका छन् । विभिन्न तरिकाले विभिन्न कोणहरुबाट कोरोना संक्रमण रोकथामका उपयाहरु खोजी भईरहेका छन् । हामी धेरैले स्वीकार गर्न नसकेको प्राकृतिक उपचार अव स्वीकार गनै पर्ने परिस्थितिको श्रृजना भएको छ । यसको कारण हो प्रकृतिको नियमलाई वेवास्ता गर्दै जीवनलाई सफल बनाउन सकिन्छ भन्ने मानसिकताले प्राकृतिक संरचनाहरु ध्वस्त गरेर अघि बढ्नु ।


प्रकृति माथि विज्ञान र प्रविधिको अन्धाधुन्धा प्रयोग मात्र गर्यो भने स्वयं मानव जातीको अस्तित्व नै खतरामा पर्न सक्ने दृष्टान्तहरु कैयौ पटक प्राकृतिक प्रकोपको रुपमा वा महामारीको रुपमा देखिएका छन् । तसर्थ, प्राकृतिक नियममा आधारित भई प्रकृतिको नियमलाई पालना गरी जीवन यापन गर्न थाल्नुपर्दछ । यदि समस्याहरु प्राकृतिक कारणले आउने गर्दछन् भने समाधान पनि प्राकृतिक नियममा नै आधारित भई खोजी गर्न सकेमा सफलता प्राप्त गर्न सकिने दृष्टान्तहरु हामीले विभिन्न कालखण्डमा हेर्दै र भोग्दै आईरहेका छौ ।

महामारीमा पनि रोग नलागेका व्यक्तिले पनि प्राकृतिक वातावरणमा रहने, आफ्नो शरीरको प्रकृति सुहाउदो खानपीन, रहनसहन, जीवनसैली अपनाउने र रोगी व्यक्तिले समेत प्राकृतिक औषधी उपचार गराउन सकेमा रोग प्रतिरोध क्षमता विकास गरी त्यस्ता हानीकारक तत्वहरुलाई परास्त गरी लामो र स्वास्थ जीवन जीउन सम्भब छ । यस प्रकारको मानवतावादी कार्यक्रमलाई उपयोगी बनाउन, हरेक समुदायसम्म सही सन्देशहरु पु¥याउन र महामारीबाट बच्न,बचाउन सरोकारवाला सबै पक्षहरु जिम्मेवार भएर लाग्न जरुरी देखिन्छ ।

कोरोना भाईरस (कोभिड १९) सर्वप्रथम सन् २०१९ को ३० डिसेम्वरमा चिनको वुहान प्रान्तमा देखा परेको थियो । त्यसपछि यो रोग महामारीको रुपमा क्रमशः अन्य राज्य हुदै विश्वभर फैलिईरहेको छ । स्मरण रहोस् यो रोग शुरुमा ईपिडेमिकमा मात्र शिमित रहन्छ भन्नेमा मानिसहरु आशावादी थिए । तर, यो त्यत्तिमा मात्र सिमित रहेन । यो रोगले पानडेमिक रुपमा नै विश्वलाई सताईरहेको छ ।

यस कोरोना महामारीको रोकथाम र नियन्त्रणमा होमियोप्याथिक उपचार पद्धतिलाई पनि अपनाउनु खुशीको कुरा हो । होमियोप्याथी चिकित्सा पद्धतिको नविनतम् उपचार पद्धति हो । उत्पत्ती कालको हिसावले हेर्दा, विभिन्न प्राचिन उपचार पद्धतिहरु, प्राकृतिक चिकित्सा पद्धति अनि आधुनिक चिकित्सा (सामान्य चिकित्सा) लाई समेत संष्लेषण गरी एलोप्याथिक चिकित्सक डा. स्यामुयल हेनिमनले विकास गर्नु भएको सवैभन्दा नया भर्खरै विकास भएको चिकित्सा विज्ञान भनेको होमियोप्याथिक चिकित्सा विज्ञान हो । यो चिकित्सा सन् १७९६ मा युरोपबाट विकसित भए पनि हाम्रो पूर्विय दर्शन वेदमा समेत उल्लेख भएको “समः समं समयतीः” भन्ने प्राकृतिक सिद्धान्तमा पूर्णतः आधारित भई अहिलेको नयाँ विज्ञान र प्रविधिको समेत अधिकतम् प्रयोग भएको चिकित्सा होमियोप्याथी हो ।

आयुर्वेदिक चिकित्सा वा परम्परागत चिकित्सा भनेर समुदायमा भ्रम रहेको पार्ईएको छ । तर, होमियो चिकित्साको अर्थ समान नै समानको समाधान हो, विष काट्न विष नै चाहिन्छ, तर विषको मात्रालाई अत्यन्तै कम मात्रामा प्रयोग गरिन्छ । त्यस्तै, फलाम काट्न फलाम नै चाहिन्छ । तर फलामको मात्रालाई न्युिनकरण गरिन्छ र मात्र फलामलाई सहज ढंगले काट्न सकिन्छ । यसको अर्थ ः जहा जस्तो समस्या छ, त्यहा त्यहि प्रकृतिको संवन्ध राख्ने समान खालका वस्तुबाट समाधान खोजिनु पर्दछ, तर्सथ त्यस्ता समस्याहरु समाधान भएरै छाडदछन् ।

रोगहरु गतिशिल प्रकृतिको हुने भएकोले होमियोप्याथिक औषधीलाई पनि अत्याधुनिक प्रविधिबाट गतिशिल वनाईएको हुन्छ ।

मानिसले प्रयोग गर्ने औषधीहरुलाई प्रमाणीकरण गर्दा परम्परागत चिकित्सामा जस्तो रोगी व्यक्तिलाई र आधुनिक चिकित्सामा जस्तो लोअर क्लास म्यामेलिया बादर, खरायो, मुसा, कुकुर जस्ता जनावरहरुलाई परिक्षण गरिएको हुन्छ, जसले वस्तुगत लक्षण मात्र मापन गर्न सक्छ । विषयगत लक्षणहरु जनावरहरुवाट प्राप्त नहुने भएकोले होमियोप्याथिक वाहेकका चिकित्साहरु असफल भएका हुन् । होमियोप्याथिक चिकित्सामा न्युन डोज (नेने पार्टीकल्स) हुने भएकोले स्वस्थ मानिसलाई नै औषधी परिक्षण गरिन्छ । नयाँ औषधीहरुको प्रमाणिकरण गरिन्छ । मानिसले खाने औषधीको परिक्षण मानिसमा नै गरिएको कारणले प्राकृतिक रोगीहरुको उपचार सम्भव भएको हो ।

होमियोप्याथिक उपचार पद्धति पुर्णतः प्राकृतिक सिद्धान्तमा आधारित भएकोले हरेक व्यक्तिमा रोग प्रतिरोध क्षमता विकास गरेर शरीरलाई रोगसंग लड्न सक्ने ईम्युन वा भ्याक्सिन भन्दा अझ प्रभावकारी ईम्युनिटिको रुपमा काम गर्न सक्दछ । शरीरका विकारहरुलाई हटाई रोगमुक्त गराउने नियमित प्रकृयालाई सुचारु गराईन्छ । यिनै प्राकृतिक कारणले गर्दा होमियोप्याथिक चिकित्सावाट प्राकृतिक रोगहरु निको पार्न र महामारीमा पनि रोग प्रतिरोध क्षमता विकास गरी संक्रमणबाट विरामीहरुलाई बचाउन सम्भव भएको हो ।

कोरोनाको कारण उत्पन्न मनोवैज्ञानिक परिस्थितिको होमियोप्याथिक व्यवस्थापन

मानिसह?को मृत्यु स्वभाविक कारणले वा अस्वभाविक कारणले समेत हुने गर्दछ । जुन सामान्य प्रकृया हो भनी जेनेरलाईजेसन गरेको अवस्था नै हो । तर, अहिले कोरोनाको कारण लकडाउन, संक्रमित क्षेत्रलाई सील गर्नाले २४सै घण्टा मरिन्छ होला, मरिन्छ होला भन्ने सोचाईह? आईरहनाले समेत मृत्युसंगको डर लाई समायोजन गर्न नसक्दा र जनचेतनामा परिपक्व बुझ्ने बुझाउने काममा समन्वय नहुदा झने त्रासदी पूर्ण स्थितिमा जनजीवन गुज्रनु पनि एक मनोेवैज्ञानिक असर पर्न सक्छ । कोरोना महामारीको यस भयावह परिस्थितिमा बन्दाबन्दी (लकडाउन) को कारणले दैनिक कामकाजमा अस्तव्यस्तताका कारण असामान्य अवस्था श्रृजना भई दैनिक ज्याला रोजगारीको समस्या, उद्योग धन्दा कलकारखानाहरु बन्द हुनु, अत्यावश्यकिय सामाग्रीहरुको अभावको कारणले मनोवैज्ञानिक रुपमा समस्याहरु बढ्दै जाने खतरा पनि उत्तिकै छ, भने अर्कोतिर मानिसहरु रोगले भन्दा पनि भोकले मर्ने खतराले समेत मनोवैज्ञानिक असर पर्न जाने हुन्छ । प्रचलित सामान्य रुपमा गरिने व्यवस्थापनहरु जस्तैः सेनिटाईजरको प्रयोग, सवारी साधन, एम्वुलेन्स लगायतका वारम्वार प्रयोगमा आउने सामग्रीहरुको डिस ईन्फेक्सनको प्रभावकारी कार्यान्वयन, सोसियल डिस्टेन्सिङ कायम गर्ने, मास्कको उचित प्रयोग, ग्लोव्सको उचित प्रयोग, चिसोवाट बच्ने, रोगको रोकथामको लागि जनचेतनामूलक प्रचारप्रसार, सुरक्षाकर्मीहरुको उचित व्यवस्थापन र परिचालन, स्वास्थ्यकर्मीहरुको प्रभावकारी सेवा र जाच पडताल, स्वाब टेस्टको उचित भरपर्दो नतिजा प्रदान गर्नु र सकेसम्म छिटो संक्रमित क्षेत्रका अधिकांस व्यक्तिहरुको परिक्षण गर्नु त जरुरी छदै नै छ । यसका साथै मनोवैज्ञानिक पक्षमा समेत दृष्टिगत गरी समग्र लक्षणलाई समेटेर विश्वभरमा मान्यता पाएका र उपलव्ध होमियोप्याथिक प्रतिरोधात्मक र उपचारात्मक औषधी सेवन गर्न पाउनु हरेक नागरिकको अधिकारको कुरा हो भने राज्यको दायित्व पनि हो ।

कोरोना लाग्दैमा मरिन्छ नै भन्ने छैन र कोरोना जस्तै विभिन्न महामारीमा होमियोप्याथिक लगायत विभिन्न रोकथाम र नियन्त्रणका उपायहरु सफल भएका छन् र त्यस्ता साधनहरुलाई संयमतापूवृक अपनाउदा सजिलै कोरोनाको व्यवस्थापन गर्न सकिन्छ भन्ने गरीको मनोवैज्ञानिक उपचार पनि आवश्यक छ । यसको लागि विज्ञहरुसंगको समन्वयमा सम्वन्धित निकायहरुले बेलैमा सजग भई प्रभावकारी कार्यक्रमहरु संचालन गर्नु आवश्यक देखिन्छ । साथै, महामारीको वेला देखिने मनोबैज्ञानिक परिवर्तन र भुकम्प लगायतको आपत–विपदको बेला देखिने मानसिक स्थितिको परिवर्तन, सामाजिक व्यवहारमा देखिने परिवर्तन, संवेगात्मक स्वास्थ्यमा देखा पर्ने परिवर्तनलाई समेत दृष्टिगत गरी आत्मा, मन र शरीरलाई समेटेर होलिस्टिक एप्रोचमा समग्रतामा एकताको मान्यतामा रही होमियोप्याथिक चिकित्सामा (पी. एन. इ. आई.¬) अर्थात्….. पी…मनोवैज्ञानिक, एन…स्नायुप्रणाली अन्तर्गतको व्यवस्थापन, इ…इन्डोक्राईनोलोजिकल प्रणाली र आई…ईम्युनोलोजिकल सिस्टम लाई प्रभाव पारी शरीरलाई प्राकृतिक स्वस्थता प्राप्त गर्न गराउन सकिन्छ । र मनोवैज्ञानिक समस्याहरु देखा परेको छ भने पनि विश्व स्वास्थ्य संगठनको मान्यता पाएका विधि र प्रक्रियाबाट उपलव्ध तथ्य र तथ्यांकहरुको आधारमा अध्ययन, अनुसन्धान गरेर निकालिएका निष्कर्षहरुलाई प्राकृतिक, व्यवहारिक र वैज्ञानिक सिद्धान्तमा आधारित रही होमियोप्याथिक चिकित्साबाट त्यस्ता मनोवैज्ञानिक समस्याग्रस्त बिरामीहरुमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ ।

https://www.youtube.com/watch?v=g1m9LDudqPc&t=167s

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button