समाचारस्वास्थ्य

धनकुटा उद्योग बाणिज्य संघले सुरक्षका लागि डिस्टेण्ड निर्धारण गर्यो

धनकुटा,

धनकुटा उद्योग वाणिज्य संघले कोरोना भाईरसबाट बच्नका लागि डिस्टेण्ड निर्धारण गरेको छ । वाणिज्य संघले बुधबार धनकुटा बजारका पसल पसल अगाडी एक मिटरको (डिस्टेण्ड) दुरी निर्धारण गरी चिन्ह बनाई दिएको हो । सुरक्षित ढंगले दैनिक उपभोग्य सामाग्री विक्रि वितरण गर्न सचेतना समेत गरिएको वाणिज्य संघले जनाएको छ ।

कोरोना भाईरसबाट बच्न र निणन्त्रण गर्नका लागि बाणिज्य संघले धनकुटा बजारमा रहेको किराना पसल,सब्जी पसल र मासु पसलमा सुरक्षा दुरी (डिस्टेण्ड ) निर्धारण गरी चिन्ह बनाउने कार्य गरेको धनकुटा उद्योग बाणिज्य संघका कार्यकारी सदस्य रेजिना पलिखेले जानकारी दिइन् ।
देश आकान्तमा परेकाले भाईरलाई नियन्त्रण गरी फैलन नदिनका लागि कम्तिमा एक मिटरको डिस्टेण्ड कायम गरी पसल अगाडी डिस्टेण्ड चिन्ह बनाई उपभोक्ता र व्यापारी विच समान बेच्ने र किन्नेका लागि व्यवस्था गरिएको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले बताए ।

कोरोना भाईरस विरुद्ध जनचेता अभिवृद्धी गर्दै व्यापारी र उपभोक्ता विच समान किन्दा र बेच्दा सजगता अपनाउ अनुरोध गर्दै क्रेता र विक्रेता विचको दुरी कायम गर्नका लागी पसल अगाडी (डिस्टेण्ड) चिन्ह बनाउन थालेको संघका अध्यक्ष सन्तोषी राईले जानकारी दिए ।
बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग,सचिव श्रीराम रायमाझी,कोषाध्यक्ष रुपेश श्रेष्ठ,कार्यकारी सदस्यहरु रेजिना पलिखे ,लिजा श्रेष्ठ, सुनिता थापा संघका पूर्व कार्यालय प्रमुख जयन्द्र प्रधान लगायतले व्यापारी तथा व्यावसायीहरुलाई माक्स र सेनिटाईजर वितरण गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button