अर्थ खबरसमाचार

मेलिना राईले धरानको औद्योगिक मेलामा धरानेलाई नचाईन्

धरान,

धरानमा जारी औद्योगिक व्यापारिक मेला तथा जुत्ता–चप्पल मेलामा चर्चित राष्ट्रिय गायिका मेलिना राईको प्रस्तुतिमा धराने नाचेका छन् । मेला प्रवेश गरेकी राईले चर्चित गीत नै पस्किइन् । तिमीले बाटो फेरयौ अरे, चरी जस्तै, माछीले खाने खोलिको लेउ, कम्मरमाथि पटुकी, कसरी, गोजीमा दाम छैन, दार्ही फुल्यो बैंशमा र कुटुमा कुटु लगायतका आधा दर्जन बढी लोकप्रिय गीत गाउदै धरानेलाई नचाएकी थिईन् । उनको सबै गीतमा दर्शकहरूले सँगसँगै गाउँदै नाचेका थिए ।

औद्योगिक व्यापार मेलामा यसअघि चर्चित कलाकारले आफ्नो प्रस्तुति दिइसकेका छन् । अहिलेसम्म दीपक लिम्बु, शिव लामिछाने, शिव परियार, गायिका तृष्णा गुरुङलगायतले प्रस्तुति दिइसकेका छन् । सुनसरी उद्योग वाणिज्य संघद्वारा आयोजित औद्योगिक व्यापार मेला २४ गतेसम्म संचालन हुने आयोजकले जानकारी दिएको छ । मेलामा हुने कन्सर्टले जम्मा गर्ने भीडभाडले स्टलहरुका व्यापारलाई सहयोग गर्दै आएको मेलाको संयोजक शिवराज श्रेष्ठ बताउँछन् । गीत–सङ्गीतको कारण मेलामा साँझको व्यापार बढ्ने गरेको प्रचारप्रसार संयोजक मानबहादुर विश्वकर्मा दियालीले जानकारी दिए ।

यसअघि प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी, सांसद जयकुमार राई, धरानका मेयर तिलक राई, प्रमुख जिल्ला अधिकारी लगायतले पनि मेला र मनोरञ्जनको अवलोकन गरेका थिए । अहिले मेला स्थलको पूर्वपट्टि जुत्ता–चप्पल मेला पनि लागिरहेको छ । सो मेलाको आकर्षणका कारण पनि औद्योगिक मेलामा चहलपहल बढेको छ ।

मेलामा धरानस्थित विद्यालयहरूबीच स्कुल डान्स आइडल आयोजना भइरहेको छ । कक्षा ५ देखि १० सम्मका विद्यार्थी प्रतिभाहरूबीच हुने स्कुल डान्स आइडल २०७६ का लागि १० जनाबीच प्रतिस्पर्धा हुनेछ । विजेताहरूलाई पुरस्कार ५० हजार, ५५१ र फष्ट रनरअपलाई २५ हजार ५५१ रुपैयाँ र सेकेण्ड रनरअपलाई १५ हजार ५५१ रुपैयाँ प्रदान गरिनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button