समाचारस्वास्थ्यहेडलार्इन

चीनको हुबेइमा हिँडडुल गर्न पनि प्रतिबन्ध, ६ करोड मानिस घरभित्रै थुनिनुपर्ने अवस्था

काठमाण्डौं,

कोरोना भाइरसको सङ्क्रमणसँग सङ्घर्ष गरिरहेको चीनले उक्त प्रकोपको केन्द्रबिन्दु हुबेइ प्रान्तमा हिँडडुल गर्न पनि प्रतिबन्ध लगाएको छ । आपतकालीन यस समयमा मानिसहरूको गतिविधिमा थप कडाइ गर्दै चीनले उक्त प्रान्तका करिब ६ करोड मानिसलाई घरबाहिर ननिस्कन भनिएको छ । साथै निजी कार र सवारीसाधनको प्रयोगमा अनिश्चित कालसम्मका लागि प्रतिबन्ध लगाइएको छ ।

हुबेइ प्रान्त र त्यसको राजधानी वुहान शाहर कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित क्षेत्र हुन् । त्यहाँ आइतवारसम्म १८०० जनाभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ भने करिब ७० हजार भन्दा बढीमा यसको सङ्क्रमण देखिएको छन् । यद्यपि चीनले यो भाइरस संक्रमणको दर क्रमशः घट्दै गएको जनाएको छ ।

यसैगरी करिब ५ हजारभन्दा बढी व्यक्ति उपचारपछि निको भएर घर फर्किसकेका छन् । आइतबार लगातार तेस्रो दिन कोरोनाभाइरसबाट नया सङ्क्रमितको संख्या घटेको चीनले घोषणा गरेको छ । थप सङ्क्रमण फैलिनबाट रोक्नका लागि प्रतिबन्धात्मक कदमहरु बढाउनुपरेको जनाइएको छ । चिनिया अधिकारीहरूका अनुसार आइतबार २ हजार ९ वटा नयाँ सङ्क्रमणका घटना पाइएको छ, जबकि शनिबार मात्र नयाँ सङ्क्रमणका घटना २ हजार ६४१ थियो भने शुक्रबार ५ हजार ९० घटना पाइएको थियो ।

हुबेइ प्रान्तका करिव ६ करोड मानिसहरूलाइ घरभित्रै रहन भनिए पनि उनीहरू आपत्कालीन अवस्थामा चाहिँ बाहिर निस्किन पाउने जनाइएको छ । खाद्यान्न तथा अन्य सामान खरिद गर्नुपरेमा एक घरबाट एक जनालाई तीन(तीन दिनको अन्तरमा मात्र बाहिर निस्किन अनुमति दिइनेछ । अत्यावश्यकीय सेवा, औषधि पसल, होटल, खाद्यान्न पसल र चिकित्सकीय सेवाबाहेक अरू सबै कारोबार र सेवा बन्द गराइएको छ भने सबै मानिस कडा निगरानीमा राखिएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button