अर्थ खबरसमाचारहेडलार्इन

धरानमा चौथो पुष्प ब्यापार मेला,भिडियो सहित

दिल बहादुर राई/धरान

सुनसरीको धरानमा बुधबार बाट प्रदेश १ स्तरीय चौथो पुष्प प्रदर्शनी तथा व्यापार मेला शुरु भएको छ । फ्लोरिकल्चर एशोसिएसशन नेपाल सुनसरीको आयोजनामा पब्लिक माविको खेल मैदानमा बुधबार देखि मेला शुरु भएको हो । मेला ४ दिन सम्मा संचालन हुने आयोजकले जनाएकोछ । पुष्पा मेलामा फुल खरिद गर्ने ग्राहक देखि व्यापारीहरुको सम्म जमगट भएका छन् । मेलाको उद्घाटन प्रदेश १ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले गरेका हुन् । मेलाको उद्घाटन गदै मन्त्री मगरले मन्त्रालयले फूलका लागि छुट्टै कार्यालय स्थापना गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

मेलामा फूल तथा नर्सरी,खानाका परिकार सम्बन्धी ३ वटा, प्रतिस्पर्धात्मक ३ वटा र मलजन्यको १ र गमला जन्य एउटा स्टल गरी ५२ वटा स्टल राखिएको कार्यक्रम संयोजक खरेन्द्र पोखरेलले जानकारी दिए । मेलाको उद्घाटनसंगै उत्कृष्ट स्टलको रुपमा हुदै एञ्जेलिया नर्सरी घोषित प्रथम पुरस्कृर समेत पाएका छन् भने क्यामेलिया नर्सरी दोस्रो बन्दा न्यू ऋतु नर्सरी तेस्रो घोषित बनेको थियो ।

त्यस्तै उत्कृष्ट आलङ्कारिक नर्सरीमा हाम्रो गार्डेन नर्सरी, उत्कृष्ट फुल्ने बिरुवा र मौसमी फूलमा पवित्रा नर्सरी घोषित हुदै ट्रफी र प्रमाणपत्र पाएका छन । मेलामा स्टलमा झापा, मोरङ, सुनसरी र सिराहाबाट आएका व्यवसायीहरूले ४ सय ५० प्रजातिका फूल बिक्री तथा प्रदर्शनीका लागि राखेका छन् भने मेलामा ७० लाख रुपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य लिएको आयोजक फ्लोरिकल्चर एशोसिएसन नेपाल सुनसरीका सदस्य प्रेम पराजुलीले बताएका छन । गत बर्ष पुष्प ब्यापार मेलामा ५० लाख रुपैयाँ कारोबार गर्ने लक्ष्य राखिएता पनि ७५ लाखको कारोबार भएको पराजुलीले जानकारी दिए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button