अर्थ खबरसमाचार

महिला जेसिज मध्ये धनकुटाका शाखा उत्कृष्ट

धनकुटा,

धनकुटा महिला जेसिज नेपालमा प्रस्तावित शाखाहरु मध्ये २०१९ को उत्कृष्ट शाखाको घोषण भई पुरस्कृत भएको छ । मंगलबार धनकुटाका महिला जेसिजकोे प्रथम पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम गरिएको हो । केन्द्रबाट प्राप्त पत्र धनकुटा महिला जेसिजलाई प्रदान गरिएको छ ।

३ बर्ष अघि सस्थापक अध्यक्ष प्रमिशा श्रेष्ठ (थापाको) नेतृत्वमा धनकुटामा महिला जेसिज स्थापना गरिएको थियो । उत्कृष्ट कार्यहरु गर्दै आएकोले प्रस्ताबित शाखाहरु मध्ये २०१९ को सर्वोकृष्ट शाखाको रुपमा घोषणा उक्त प्रमाण पत्र प्रदेश सभाका सदस्य कुसुम श्रेष्ठ र नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष सुमन श्रेष्ठले एक समारोहका विच धनकुटामा प्रदान गरेका हु्न् ।

जेसिजका सस्थापक अध्यक्ष प्रमिसा श्रेष्ठले २०२० का लागी निर्वाचित अध्यक्ष रबिना श्रेष्ठलाई जेसिजको विधि नियम र परम्परा अनुसार अध्यक्ष पद हस्तान्तरण गरेकी थिईन् । सो अवसरमा २०१९ का प्रथम पुरुप विजय थापा,२०२० का प्रथम पुरुप मनोज श्रेष्ठ लगायत २०२० का नवनिर्वाचित धनकुटा महिला जेसिजका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा १ नम्व प्रदेश सभाका सदस्य कुसुम कुमारी श्रेष्ठले धनकुटामा समाजिक परिर्वतनका लागी धनकुटा महिला जेसिजले महत्वपूर्ण कार्यहरु गर्दै आएको र महिलाहरुको नेतृत्व तथा व्यक्तित्व विकासमा समेत उदाहरणीय कार्य गदै अघि बढेको बताईन् ।

यसैगरी जिल्ला समन्वय समिति धनकुटाका प्रमुख टंक वहादुर चुवान,धनकुटाका प्रमुख जिल्ला अधिकारी डा. कृष्ण वहादुर घिमिरे,पर्यटन विकास समिति धनकुटाका अध्यक्ष तथा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राई,नेपाल जेसिजका राष्टिय उपाध्यक्ष सुमन श्रेष्ठ लगायतले धनकुटा महिला जेसिजले धनकुटाको समाजिक रुपान्तरण विकास र समृद्धीका लागि महत्वपूर्ण कार्यहरु गर्दै आएकोमा प्रशंसा गर्दै जेसिजका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभ कामना दिएका थिए ।

त्यस्तै कार्यक्रममा तरहरा जेसिजका अध्यक्ष सुनिल तिम्सिना,पूर्व अध्यक्ष जिवन पराजुली लगायतले शुभ कामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा धनकुटा महिला जेसिजका मुना पोखरेलले स्वागत मन्तव्य राखेका थिए । जेसिजको आस्था पाठ जेसी रेजिना शाक्य श्रेष्ठले र जेसिजको उदेश्य जेसी बिपना प्रधानले पाठ गरेका हुन् । सपथ ग्रहण मातृ शाखा तरहराका जेसी विकास गिरीले गराएका थिए ।

जेसिजको २०२० को लागि अध्यक्ष रविना श्रेष्ठ, निर्वतमान अध्यक्ष प्रमिसा श्रेष्ठ थापा,कार्यकारी उपाध्यक्षहरु मेनुका वस्नेत,मुना पोखरेल,बिमला न्यौपाने,महासचिव बिसिका श्रेष्ठ,कोषाध्यक्ष अमरिता श्रेष्ठ, सचिव दिपिका श्रेष्ठ र उपाध्यक्षहरुमा बिपना श्रेष्ठ,कला राई,सरस्वती राई,रजनी श्रेष्ठ र पि आर ओ मा उर्मिला महर्जनलाई निर्वाचित भएका छन्

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button