समाचारसमाजहेडलार्इन

सामजिक संजालमा भाईरल भएको तस्बीरले परिवारमा खुशी छायो

दिल बहादुर राई , मोरङ,

धेरै मिडियाले आफ्नो कभर पृष्ठमा समाचार कभर गरेका कारण दयानीय जिवन कटाईरहेका परिवारलाई राहत मिलेको छ । मोरङ केराबारी गाउँपालिका वडा नं. २ का गरिबीमा फसेका सोनु र आसिका राई का परिवारलाई देश तथा विदेश बाट सहयोगी हातहरुबाट गाँस बास र कपासका लागि सहयोग जुट्न थालेपछि परिवारमा खुशी छाएको हो । सामजिक संजालमा तस्बीर भाईरल भएका कारण समाचार,भिडियो र तस्बीर हेरेर स्वादेश तथा विदेशमा रहेका नेपालीहरुले नगद तथा जिन्सी सहयोग गर्न थालेपछि सोनु र आसिकाको परिवारमा केही खुशी आउन थालेको स्थानीयहरु बताउँछन् ।

“शिक्षा स्वास्थ्य गाँस बास र कपास मानिसका लागि चाहिने अत्यावश्यक वस्तु हुन” । जसका लागि हरेक दिन मानिसले संघर्ष गर्नुपर्छ । त्यही संघर्षले नै मानिसको जिउँने आधार तय गर्छ । तर यी सवै नभएका कारण सोनु र आसिकालाई जिवन निर्वाह गर्न कठिन हुदै गएको थियो । मोरङ जिल्लालाई सुगम जिल्लाले परिचित भएपनि यसै जिल्लामा दुर्गम ठाउँ पनि छ । मोरङको केराबारी गाउँपालिका २ स्थित फाङ्दुवामा सोनु र आसिका दिदी बहिनी मात्र असक्त छैन उनका एक दिदी र आमा पनि असक्त छन् सोनु र आसिकाले आँखा देख्दैनन् त्यस्तै उनीहस्को आमा र दिदीले पनि राम्ररी आँखा देख्न सक्दैनन् ।

केराबारी गाउँपालिकाकी उप मेयर शान्ति भुजेल (चेम्जोङ्ग) आर्थिक वर्षको वडामा भएको विकास निर्माणको अनुगमन गर्न जादा सोनु र आसिका दयानीय र दर्दनाक अवस्था भेटेपछि मोबाइलले फोटो खिचेर सामजिक संजालमा पोष्ट गरेका थिए । त्यो तस्बीर भाईरल बन्यो त्यही भाईरल तस्बीरले आज सोनु र आसिकाको परिवारलाई जीउन सक्ने बनाएको छ ।

पौषको दोश्रो हप्ता तिर तराईमा बाक्लो हुस्सु र कुहिरोको विच शितलहर पहाडमा अविरल वर्षा र हिउ परेर जनजिवन कष्टकर बनिरहेको थियो । त्यही समयमा केराबारी गाउँपालिकाकी उपाध्यक्ष शान्तिकुमारी लिम्बु सहितको बाटो अनुगमन टोली फाङदुवा पुगेका थिए । छोरीहरुले आँखा देख्दैनन् उनीहरुको आमा मनमायाले अलि अलि आँखा देखेपनि सुश्त मनस्थितीका छिन् ।

‘संयोग नै भन्नुपर्छ, बाटो अनुगमन सकेर फर्किने क्रममा उपाध्यक्ष शान्ति भुजेल (चेम्जोङ्ग)को आँखा त्यहाँ पुग्यो जुन बालिकाको शरिरमा राम्रो आङ ढाक्ने कपडा समेत थिएन । चिसो कठ्याग्रिलो जाँडोमा राम्ररी आँखा देख्न नसक्ने ती सानी बालिकाले आफनी सुस्त मनस्थितीकी ५ वर्षे बहिनीलाई ढाढमा बोकेर बारीको कान्लामा उभिरहेकी थिइन् ।

अत्यन्तै टिठ लाग्दो दयनिय र दर्दनाक अवस्था जस्तो लाग्ने गरिबी,शिक्षा स्वास्थ्यबाट टाढा रहेकी ती दुई बालिकाको फोटो उपाध्यक्ष लिम्बुले खिचिन् र लेटाङकी सामाजिक अभियन्ता शान्ति पाख्रिनलाई शेयर गरिन् । उनले आफनो पेजबाट सामाजिक संञ्जालमा पोष्ट गरिन । पोष्ट गरेको केही घण्टामै त्यो तस्बिर सोचे भन्दा बढी भाइरल भयो जुन तस्बिर हेर्न साथ मानिसहरुले सहयोग गर्ने प्रतिबद्धता जनाउन थाले ।
धेरै मिडियाले आफनो कभर पृष्ठमा समाचार कभर गरे । सामाजिक संञ्जालमा देख्ने र पढ्ने धेरैले सहयोगको प्रतिवद्धता जनाए । केहीले अभियान चलाएर रकम संकलन गरे । केहीले उनको स्वास्थ्य अवस्था र पारिवारीक अवस्था वुझेर लत्ताकपडा खाद्यान्नको संकलन गर्नथाले ।

संकलनका क्रममा अभियन्ताको नेतृत्व लेटाङकी शान्ति पाख्रिन, उर्लाबारीका दिपक न्यौपाने, रु १ मा वास, ५ मा सादा खाना र १० मा मासुभात खुवाउँदै इलामकी एक बालिकाको उपचारमा सहयोग जुटाउने अभियान चलाउदै आएका दमकका कुमार राई, संञ्चार क्लव नेपाल उर्लाबारीका अध्यक्ष सरोज वस्नेत ८ नं. वडाध्यक्ष मनोज खड्का लगायतको पहलमा संकलन भएको खाद्यान्न,लत्ताकपडा सहितको सामग्री आइतबार राइ परिवारको घरमै पुगी विपन्न परिवारकी अविभावक मनमाया राईको परिवारलाई हस्तान्तरण समेत गरियो ।

केराबारी गाउँपालिकाको व्यवस्थापनमा उपाध्यक्ष शान्ति भूजेल (चेम्जोङ्ग) ८ नं. वडाध्यक्ष मनोज खड्का ,२ नं. वडाध्यक्ष प्रेम लिम्बु सहितको उपस्थितीमा अभियन्ता र सामाजिक परोपकारी व्यतिmहरुले हप्तादिन भित्र संकलन गरिएको राहत सामग्री सहित विभिन्न मिडियाका मिडियाकर्मी र यु टुवरहरुका साथ आइतबार ती विपन्न परिवारको घरमा पुगी राहत वितरण गरेपछि सोनु र आसिका बालिकाको परिवारले खुशी महसुश गरेका थिए ।

राहत सामग्रीको थुप्रो घरमै आइपुगेपछि परिवारकी अविभावक समेत रहेकी सुश्तमनस्थितीकी मनमायाले भनिन् ‘म त खुशी छु । राम्ररी कान सुन्दीन प्रष्ट बोल्न पनि सक्दीन आज सपैले मलाई कति धेरै सामान दिनु भयो बुढा सतेको ठाँममै बितेको हो । छोरीको नाम उसको बाबुले मज्जाले राखी दिएको त ,अस्ति दिदी आउँदा खै म कता गएको थिए होला’ । उपाध्यक्ष हो भनेर मेसो नपाएकी मनमायाले शान्ति भुजेल (चेम्जोङ्गलाई) देखाउनदै भनिन् । ‘गाउँले ले खान दिन्छ आज मलाई तपाईले यति सामान दिनु भयो खुशी छु ।’ भन्दै अष्पस्ट रुपमै प्रष्ट नबोली उनले खुशी बाँडिनन् । त्यो आईतबार दाताहरुबाट संकलन भएको राहत सामग्री लत्ताकपडा, खाद्यान्न सहित नगद १ लाख १५ हजार वढी रकम हस्तान्तरण गरिएको थियो । यदपी सवै नगद संकलन नभई सकेको र दाताहरुको संख्या बढ्दै गएकोले बाँकी रकम भने बैंक मार्फत जम्मा गरिदिने तयारीका साथ शान्ति पाख्रिनको सयोजकत्वमा ५ सदस्यीय राहत संकलन समिति गठन गरिएको छ ।

‘सोनु र आसिका राईको परिवारलाई राहत मिलोस भनेर विभिन्न मिडियाले लगातार समाचार र भिडियो पोष्ट गरी सहयो गरीरहेकाले देश तथा विदेशमा रहेका सहयोगी हात र दयालु मनहरुले नगद सहयोग गरीरहेको छ ।’ राहत संकलन तथा वितरण समितिका संयोजक पाख्रिनले कोशीपोष्ट संग कुरा गदै जानकारी दिईन् । राई परिवारका लागि हाल सम्म २ लाख ५० हजार नगद संकलन भईसकेको पाख्रिनले कोशीपोष्ट डटकमलाई बताईन् । माघेशंक्रान्ति चाड सकिन साथा राई परिवारलाई स्वास्थ्य उपचारका लागि विराटनगर अस्पताल लैजाने तयारी समितिले तय गरेको संयोजक पाख्रिनको भनाई छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button