समाचारस्वास्थ्यहेडलार्इन

पानी नदिएको भन्दै वडाध्यक्षको नेतृत्वमा रित्तो गाग्रीसहित खानेपानी संस्थान घेराउ ः भिडियो सहित

  दिल बहादुर राई

धरान ,

सुनसरीको धरानमा खानेपानी सस्थानका कर्मचारीले उपभोक्तालाई पर्याप्त पानी नदिई अन्तै बिक्री गरेको आरोप उपभोक्ताले लगाएका छन् । पानी नदिएको भन्दै सोमबार कार्यालय समय अगावै धरान उपमहानगरपालिका वडा न. ९ का वडाअध्यको नेतुत्वमा रितो गाग्रीसहित उपभोक्ताहरुले खानेपानी संस्थानमा नारा लगाउदै कार्यालयमा तालबन्दी र धर्ना दिएका ।

रित्तो गाग्रीसहित संस्थान घेराउ गर्न पुगेका स्थानीयबासीले संस्थानमा केही घण्टा ताला लगाएर खोली दिएका थिए । ताला लगाइसकेपछि संस्थान र खानेपानी संघर्ष समितिबीच पानी सहज उपलब्ध गराउने सहमतिपश्चात ताला संघर्ष समितिले नै खोलिदिएको हो । ताला खोलिएपछि छरपस्ट रहेका संस्थानका कर्मचारी कार्यालय भित्र प्रवेश गरेका थिए । उनीहरूले पानीको व्यापार बन्द गर, खानेपानी संस्थान पानी दे, जनता हामी तिर्खै छौं जस्ता नारा लगाएर लगाएका थिए ।

एडिबी र खानेपानी संस्थानबीच जुँगाको लडाइले धरानका जनताले पर्याप्त पानी खान नपाएको भनी आउदा दिनमा पानी पर्याप्त दिनुपर्ने चेतावनीस्वरुप तालाबन्दी गर्नुपरेको वडाध्यक्ष रत्नबहादुर कटुवालले जानकारी दिए । समयमा पानी छाडौं, कृतिम अभाव सिर्जना नगरौं, पानीको राजनीति बन्द गरौं लगायतका प्लेकार्ड बोकेर उपभोक्ताहरु खानेपानी संस्थानको कार्यालय पुगेका थिए । संस्थान पुग्नुअघि नै सुरक्षाकर्मी सस्थानले ढाकी सकेका थिए ।

‘धरान खानेपानी बोर्ड र एडिबीबीचको द्वन्द्वका कारण धरानका जनताले खानेपानी २ दिन बिराएर थोरै पाउँछन् । खानेपानीको सहजता नहुँदा धरानका जनता पानीको खोजीमा मुहान खोज्दै हिड््नु पर्ने बाध्यता अहिले पनि उस्तै छ । एडिबीले परियोजना शुरुवाती गरेको समय दैनिक ५० लाख लिटर पानी संकलन,उत्पादन गर्ने र धरानका जनतालाई पर्याप्त पानी उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए । एडिबी परियोजनामा भष्ट्राचार भएकाले धरानका उपभोक्ताले पर्याप्त पानी पिउन नपाएको स्थानीय जानकारहरुको भनाई छ । खानीपानी पर्याप्त नदिए जनता आँधीबेहरी लिएर खानेपानी सस्थानमा आउने उपभोक्ता सहित पुगेका वडाध्यक्ष कटुवालले सस्थानका कर्मचारीलाई चेतावनी दिदै भने ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button