शिक्षासमाचारहेडलार्इन

महेन्द्र क्याम्पसले विद्यार्थीबाट मनाखुशी परिक्षा शुल्क लिदै ,क्यापम्सले तोकिएको भन्दा बढी रकम असुल गरेको बिद्यार्थीहरूको आरोप

धरान,

महेन्द्र बहुमुखी क्याम्पसले विद्यार्थीबाट मनाखुशी परिक्षा शुल्क असुल्दै आएको तथ्य बाहिर आएको छ । सुनसरीको धरान १० मा अवस्थित क्याम्पसले परिक्षा फारममा विद्यार्थीहरूबाट तोकिएभन्दा बढी रकम असुल्ने गरेको तथ्य बाहिरएको हो । क्याम्पसले एल एल बी दोश्रो बर्षका लागी खुलाईएको परिक्षा फारममा लाग्ने शुल्क भन्दा बढी रकम लिएको विद्यार्थीहरूले जानकारी दिएका छन् ।  वर्ष २०७५।०७६ मा एल एल बीको परिक्षा दिने प्रतिविद्यार्थीहरुबाट ४ हजार २ सय तोकिएकोमा ६ सय रुपैया बढी रकम गरी ४ हजार ८ सयको बिल काटिएको बाहिर आएको छ ।

सो क्याम्पसको त्रिबी परिक्षा नियन्त्रण कार्यलय बल्खुद्धारा बार्षिक परिक्षा प्रणाली अनुसार २०७६ सालमा सञ्चालन हुने स्नातक तह ३ एलए ल बी शैक्षिक बर्ष २०७४ देखी २०७७ साल समुह अन्तरगर्तकोे दोश्रो बर्षको नियमीत बिद्यार्थीहरुको परिक्षा फारम खुलाईएकोमा सो रकम लिने गरेपनि के कारणले ६ सय बढी रकम विद्यार्थीबाट लिएको हो सो बारेमा बिद्यार्थीहरुलाई दिनईने गरेको बिल भौचरमा उल्लेख छैन ।

उता क्याम्पस प्रमुख दामोदर भण्डारीले क्यामपसमा दरबन्दी अनुसारको कर्मचारीको अभाव र एउटै कर्मचारीाई धेरैतिरको काम गर्नुपर्नै बाध्यताका कारण सम्बन्धीत कर्मचारीबाट केही कमी कमजोरी भएपनि त्यो कमी कमजारीलाई हिजो अर्थात बुधबारकै दिन नै सच्याई सकेको बताए । हाल सो क्याम्पसमा ३७ जना कर्मचारी हुनुपर्नैमा हाल ९ जनाको उपस्थितीमा काम भईरहेको प्रमुख भण्डारीको भनाई छ ।

बिश्वबिद्यालयले बार्षिक रुपमा परिक्षा लगायतका अन्य शुल्कहरुमा साबिकको भन्दा घटबढ गरेको प्रति सुचना सम्पे्रसन नहुदा यस्तो समस्या आएको पनि प्रमुख भण्डारीले बताए ।  यसैबीच तोकिएभन्दा बढी रकम लिएको भन्दै विद्यार्थीहरुको संगठन मध्येका तत्कालीन अनेरास्वयु क्रान्तीकारी तथा हालका अनेरास्वयुका रबिन श्रेष्ठले क्याम्पस प्रशासन तथा त्यहाँ कार्यरत्त कर्मचारीको लापवाही हो कि भन्ने आशाकां गर्दे छानबिनको लागि माग गरिएको छ । उनले भने ‘क्याम्पसमा बारम्बार केही न केही सानातिना त्रृटी भईनै रहेको हुन्छ जसले गर्दा सर्बसाधारण बिद्यार्थीहरुले यसको मुल्य चुकाउनुपर्ने देखिन्छ यो गम्भीर कुरा हो’ ।

‘हाम्रो संगठनको तर्फबाट सम्भव त आजै नै बैठक बसेर छलफल गर्नेछौं । विद्यार्थीबाट क्याम्पसले शुल्क भन्दा ६ बढीको बिल भौचर के कारणले काटेको हो । क्याम्पस प्रशासनले आफनो तर्फबाट चित्त बुझ्दो जवाफ दिनु पर्छ ’ अनेरास्वयुका श्रेष्ठले भने

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button