धर्म संस्कृतिसमाचार

यलम्वर सम्वत ५०८० को अवसरमा धरानमा यलम्वर सास्कृतिक साँझ हुने

धरान,

यलम्बर सम्वत् ५०८० को अवसरमा धरानमा यलम्बर सांस्कृतिक साँझ हुने भएको छ । किरात राईहरूको नयाँ वर्ष यलम्वर सम्वत ५०८० को अवसरमा यलम्वर सास्कृतिक साँझ गरिएको भएको हो । यही पौष २९ गते धरानको भानुचौकमा कार्यक्रम गर्न लागेको मङ्गलबार पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएका हुन् ।

किरातहाङ यलम्बरले शुरु गरेको मौलिक सम्वतलाई संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको कार्यक्रम सम्योजक नविन राईले बताए । नेपाल सरकारबाट सम्वतलाई मान्यता प्रदान गाउने र नेपालको राष्ट्रिय सम्वतको रुपमा स्थापित गर्ने उद्देश्यले विभिन्न सांस्कृतिक कार्यक्रम मार्फत सन्देश दिन कार्यक्रमको आयोजना गरिएको सम्योजक राईले जानकारी दिए । यस्ता कार्यक्रमले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन र आन्तरिक पर्यटन र वाह्य पर्यटनलाई थप मनोरञ्जन पुग्ने सम्योजक राईको भनाई छ ।

साँझमा चर्चित गायक राजेशपायल राईदेखि जितेन राईसम्मले धरान तताउने भएका छन् । यस्तै, साँझमा किरात राई सांस्कृतिक कलाकार संघ साथै स्थानीय कलाकारको पनि प्रस्तुति रहने आयोजक किरात राई यायोक्खा सुनसरीले जनाएको छ । किरात राजा यलम्बरले शुरु गरेको शासनको समयलाई आधार मानेर स्थापना गरिएको सम्वतलाई यलम्बर सम्बतको रुपमा मान्दै आएको किराया सुनसरीका अध्यक्ष बलराम राईले बताए ।

माघ १ गतेको माघे संक्रान्तिको अघिल्लो दिनलाई किरात राई यायोख्खाले प्रत्येक वर्ष किराती नयाँ वर्षको आगमनको रुपमा विभिन्न गतिविधि र कार्यक्रम सहित सास्कृतिक कार्यक्रमको आयोजना गरी मनाउदै आएको छ । विगत वर्षहरुमा जस्तै यसपटक पनि त्यसैलाई निरन्तरता दिदै किराया सुनसरीले किरात राईहरुको नयाँ वर्ष यलम्वर सम्वत ५०८० को शुभकामना सहित राष्ट्रिय कलाकारहरुलाई ढाकेर भब्य सास्कृतिक कार्यक्रम गर्ने योजना तय गरिएको अध्यक्ष राईको भनाई छ ।

यही कार्यक्रमको अवसरमा सुनसरीबाट दक्षिण एसियाली खेलकुद सागमा सहभागी भई पदक ल्याउन सफल भएका सम्पूर्ण खेलाडीहरुलाई सम्मान गरिने आयोजकले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button