समाचारसमाज

१४ वर्षीय छोरीको हत्या गरी शव जलाएको आरोपमा आमा सहित चार जना आरोपी पक्राऊ

वीरगञ्ज ,

१४ वर्षीय छोरीको हत्या गरी शव जलाएको आरोपमा आमा सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । आफनै १४ वर्षीय छोरीको हत्या गरी शव जलाएको आरोपमा आमा सहित ४ जना पक्राउ परेका ह्न । पक्राउ पर्नेमा पर्साको पोखरिया गाउँपालिका वडा नम्बर ९ सेमरबारी टोल बस्ने शिवकली देवी, सन्तोष दास तत्वा, राजेन्द्र दास तत्वा र जितेन्द्र यादव रहेका छन् ।

पक्राउ परेकी शिवकली बालिकाकी आमा हुन् भने सन्तोष काका हुन् । स्थानीय बिरेन्द्र दास तत्वाकी १४ वर्षीय छोरी पुनिता कुमारीको हत्या गरी शव जलाएको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पुनिताका बुवा बिरेन्द्र भने फरार रहेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्र सिंहले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button