राष्ट्रियसमाचार

जापनले नर्सिङ केयर गिभरका लागि नेपालमा फेरि परिक्षा सञ्चालन गदै

काठमाण्डौं,

जापनले नर्सिङ केयर गिभरका लागि नेपालमा फेरि परिक्षा सञ्चालन गर्ने भएको छ । जापानले नर्सिङ केयर गिभरका लागि नेपालमा भाषा परीक्षा सञ्चालन गर्ने भएको हो । यस अघि एक चरणको परिक्षा सञ्चालन गरीसकेको जापनले यही जनवरी र आगमी मार्चमा गरी दुई चरणमा केयर गिभरका लागि भाषा परीक्षा सञ्चालन हुने जापान फाउन्डेसनले जनाएको छ । जनवरीमा १ हजार र मार्चमा १ हजार ३ सय जनाले परीक्षामा सहभागी हुन पाउनेछन् । जापान फाउन्डेसनले परीक्षामा सहभागी हुन चाहने सँग आवेदन माग गरेको छ । जनवरी र मार्चमा यस तारिकमा परिक्षा सञ्चालन गरिने भएको छ ।

जनवरी ७, ८, १४, १५, १६, २१, २२, २३, २८ र २९ तारिखमा परीक्षा सञ्चालन हुनेछ ।
मार्चमा ३, ४, ५, ९, १०, ११, १२, १५, १६, १७, १८ र १९ तारिखमा पनि परीक्षाको मिति तोकिएको छ ।

जापानले यसअघि कात्तिकमा सञ्चालन गरेको भाषा परीक्षामा ५६ जना नेपाली उत्तीर्ण भएका थिए । तर उत्तीर्ण मध्ये कति जनाले सीप परीक्षा पास गरे भन्ने जानकारी दिइएको छैन । पहिले चरणमा झै यस पटक पनि परीक्षा शुल्क २ हजार ५ सय तोकिएको छ । परीक्षा कम्प्युटरमा आधारित हुनेछ । युनिभर्सल ल््याग्वेज एन्ड कम्प्युटर इन्स्िटच्युट डिल्लीबजारमा परीक्षा केन्द्र तोकिएको छ ।

स्क्रिप्ट, भुक्याबलरी, कन्भेक्सनल एन्ड एक्स्प्रेसन, राइटिङ टाइप र कम्प्युटरमा टाइपिङ स्किलमा आधारित भएर परीक्षा हुनेछ । २ सय ५० पूणाङ्र्कको परीक्षामा २ सय अंक ल्याए उत्तीर्ण गराइने सूचनामा उल्लेख गरिएको छ । परीक्षामा आवेदन दिन नेपाली नागरिकता, राहदानी वा सवारी चालक अनुमतिपत्र आवश्यक पर्नेछ । परीक्षामा सहभागी हुन जापानी भाषामा ए टू लेभल आवश्यक पर्नेछ । दैनिक जीवनमा आवश्यक पर्ने कामका लागि सहजै भाषा बुझ्ने र बोल्ने क्षमता पनि न्युनतम् योग्यताका रुपमा रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button