समाचारहेडलार्इन

वराहतालमा चितुवाको आतंक,एक जनाको ज्यान गयो

बर्दिया,

बराहतालमा चितुवाको आतंकले एक जनाको ज्यान गएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको उत्तरीक्षेत्रमा चितुवा आतंक बढ्दै गएपछि स्थानीयबासी त्रसित बनेका छन् । निकुञ्जको उत्तरी क्षेत्रमा पर्ने वराहताल गाउँपालिकाको गाउँमा चितुवा पसेर दिनहुँ दुःख दिन थालेपछि स्थानीयवासी त्रसित हुन थालेका छन् ।

चितुवाको आक्रमणबाट बिहीबार दिउँसो सुर्खेतको वराहताल गाउँपालिका –३, नरसिँहकाँडाकी ५४ वर्षीया अमृता बराल गम्भीर घाइते भएकी स्थानीय शिक्षक टिकाराम भण्डारीले जानकारी दिए । उनलाई घर नजिकै बारीमा घाँस काट्न गएको बेला चितुवाले खुट्टामा आक्रमण गरेको हो शिक्षक भण्डारीले बताए । चितुवा आक्रमणमा परेका अमृता बरालको हातमा हँसिया भएका कारण ज्यान जोगीएको स्थानियले जनाएका छन् ।

घाइते महिलाले हँसियाले हानेपछि चितुवा भागेको घाइतेका आफन्तले जनाएका छन् । घाइतेलाई उपचारका लागि कोहलपुर लगिएको छ । यस्तै तीन दिन अघि बर्दिया राष्ट्रिय निकुञ्जको उत्तरी क्षेत्रमा पर्ने कर्णाली प्रदेशको सुर्खेत बराहताल गाउँपालिकामा चितुवाको आक्रमणबाट १ जनाको ज्यान गएको थियो । चितुवाको आक्रमणबाट सुर्खेत बराहताल गाउँपालिका –३ लेखगाउँकी ४५ वर्षीया चन्द्रकला नेपालीको तीन दिन अघि सोमबार दिउँसो ज्यान गएको स्थानीय शिक्षक टिकाराम भण्डारीले जानकारी दिनुभयो ।

गएको असोजमा पनि चितुवाको आक्रमबाट एक बालक घाइते भएका थिए । चितुवाको आक्रमणबाट त्यसै ठाउँमा बिहिबार फेरी एक जना घाइते भएपछि स्थानीवासी त्रसित बनेका छन् । यसअघि जंगली जनावर भगाउन घरमा राखिएका २ सय ५५ वटा भरुवा बन्दुक निकुञ्जको उत्तरी क्षेत्र तरंगा, लेखपराजुल, हरीहरुपुर र छिन्छुका स्थानीयले झण्डै ५ वर्ष पहिले निकुञ्ज प्रशासनमा बुझाएका थिए ।

चितुवा, बाँदर लगायतका वन्यजन्तुको आतंकका कारण भरुवा बन्दुक लगायतका हतियार किन बुझाइयो होला भनेर पछुताउने काम भएको स्थानीय शिक्षक भोला खत्रीले बताउनुभयो । उहाँले गाउँमा आएर आतंक मच्चाउने चितुवालाई जतिसक्दो चाँडो निकुञ्ज प्रशासनले नियन्त्रणमा नलिए आन्दोलनमा जाने र वन्यजन्तु पनि मार्ने भन्दै आक्रोश व्यक्त गरे ।

खत्रीका अनुसार पहिले चितुवाले बाख्रापाठा मात्र खाने गरेकोमा अब मान्छेलाई पनि आक्रमण गर्न थालेको र चितुवा आतंकका कारण राति मात्र नभइ बिहान र दिउँसो पनि घर बाहिर निस्किन स्थानीयलाई समस्या भएको छ । निकुञ्जको उत्तरी क्षेत्रमा चितुवाले आतंक मच्चाउन थालेपछि बर्दिया निकुञ्जबाट प्राविधिक टोलीसहित निकुञ्ज सुरक्षाको लागि खटिएको नेपाली सेना त्यस तर्फ पठाइएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासमा पाटे बाघ, जंगली हात्ती र चितुवाले पछिल्लो समय जनधनमा क्षति पु¥याउन थालेपछि स्थानीय त्रसित बनेका छन् ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button