पर्यटनसमाचार

आठौं भेडेटार खाना महोत्सव शुरु

धनकुटा,

धनकुटाको साँगुरीगढी गाउँपालिका भेडेटारमा खाना महोत्सव (फेष्टिभल शुरु भएको छ । धनकुटा र सुनसरीको संगम स्थल पुर्वको पर्यटकीय केन्द्र भेडेटारमा मंगलबार देखि आठौं भेडेटार फुड फेस्टिभल शुरु भएको हो । भेडेटार प्रकृतिको गहना, पर्यटक भित्र्याउने हाम्रो चाहाना भन्ने नाराका साथ खाना महोत्सव ( फेस्टिभल) प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका थिए । अंग्रेजी नयाँ बर्ष २०२० लाई लक्षित गरी आयोजना गरिएको फेस्टिभलमा विभिन्न २० वटा स्टल रहेका छन् । ३ दिन सम्म सञ्चालन हुने खाना महोत्सवमा हरेक दिन विविध कार्यक्रमको आयोजना हुने आयोजकले जनाएको छ ।

होटल एसोसिएसन भेडेटारद्धारा आयोजित महोत्सवमा हेली टुर, घोडचढी, भेडेटार आसपासका पर्यटकीय स्थलहरुको अवलोकन गराईनेछ । उद्घाटन कार्यक्रममा मिस पूर्वाञ्चल २०१९का बिजेता रिजु भट्टराई,पत्रकार कविराज घिमिरे र मुर्तिकार रोजन राई लाई सम्मान गरिएको थियो । थप मनोरञ्जनका लागि विभिन्न नृत्य तथा गायन कार्यक्रम हुने होटल एशोसिएसन भेडेटारका अध्यक्ष जितेन्द्र रुमदाली राईले जानकारी दिए ।

 

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button