Uncategorized

श्रीमानको कुटाइले श्रीमतीको ज्यान गयो

धरान,

सुनसरीको धरानमा श्रीमानको कुटाईले श्रीमतीको मृत्यु भएको छ । धरान उपमहानरपालिका – १५ मा श्रीमान्को कुटाइबाट श्रीमतीको गएराति मृत्यु भएको हो ।

मृत्यु हुनेमा ३६ वर्षीया रमिला राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरिक्षक विनोद शर्माले जानकारी दिए । श्रीमान काजीमान र श्रीमती रमिलाबीच घरायसी बादविवाद भई कुटपिट भएको र श्रीमानको कुटाइले श्रीमतीको मृत्यु भएको उपरिक्षक शर्माले बताए ।

कुटाइबाट गम्भीर घाइते भएकी रमिलाको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको उपरीक्षक शर्माले जानकारी दिए । प्रहरीले श्रीमती हत्यामा संलग्न काजीमानलाई पक्राउ गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button