रोजगारसमाचारहेडलार्इन

दुई श्रीमती कमाउने , नेपालमा बालबच्चा संग त्यही कमाईमा श्रीमान रमाउने

सिन्धुपाल्चोक

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ सेलाङका ३६ वर्षिय भीम बहादुर लोप्चनको १७ वर्षको कलिलै उमेरमा छिमेकी राममायासँग बिहे भयो । शुरूका केही दिन त हाँसखेलमै बिते । वर्ष बित्दै गयो तर बच्चा बर्षेनी जन्मदै गए । उनीहरूमा एक खालको तनाव पैदाभयो । उनीहरूका धेरै प्रयास असफल भए । त्यस्तैमा झण्डै १० वर्ष बित्यो । एकदिन राममायाले कठोर निर्णय लिएर अर्की बिहे गर्न भीमबहादुरलाई सल्लाह दिईन् भीम बहाद्रले सहजै त्यो सझाव माने ।

अन्ततः राममायाले आफ्नै श्रीमान्को बिहे बहिनी मोतिमायासँग गराइन् । बिहे गराउनुको एउटै कारण थियो बच्चा जन्माउनु । बच्चा भयो भने त्यो परिवारमा छुट्टै खुशी आउँथ्यो । ३ वर्षअघि एउटा छुट्टै संयोग बन्यो । दुवैको केही महिनाको अन्तरालमै गर्भ बसेपछि भीमबहादुर तीनछक परे । ३ वर्ष अघि राममाया र मोतीमायाले ८ महिनाको अन्तरालमा १÷१ छोरा जन्माए । ‘बच्चा हुँदैन भनेर बूढीले बहिनीसँग बिहे गराइदिइन, आँखिर ८ महिनाको फरकमा बच्चा पायो,’ मन्द मुस्कानसहित भीमबहादुरले त्यो क्षण सम्झिए भने । छोरा सुदीप र प्रवीन अहिले नजिकैको स्कूलमा कक्षा एकमा पढ्छन ।

छोराहरू श्रीमान सँग छाडेर दुवै श्रीमती वैदेशिक रोजगारीका लागि अहिले कुवेतमा छन् । निःशुल्क भिसामा उनीहरू २ वर्ष अघि विदेश गएका हुन् । दुवैजना घरको काम गर्छन् । अहिले भीमबहादुर दुई छोराको रेखदेख गरी घर कुरुवा बनेका छन् । आफू पनि विदेश जाने चाहना थियो तर भूकम्पले घर भत्काएकाले घर निर्माण गर्नु पर्ने भएकाले जान नपाएको भीम बहादुरले सुनाए ।

भीम बहादुरका श्रीमतीद्वयले मासिक १५ देखि २० हजार रुपैयाँ नेपाल अर्थात श्रीमानलाई पठाउँछन् । उनले सबै पैसा बैंकमा राखेका छन् । ‘त्यसैबाट उनले ३ लाख बैंकमा जोडेको छ, यस वर्ष भीम बहादुरका दुबै श्रीमती नेपाल फर्कन्दैछन्, त्यो पैसाले चौतारामा जग्गा किन्ने भनेका छन,’ भीम बहादुुरले मन्द मुस्कान छोड्दै सुनाए ।

भीमबहादुरको मात्रै होइन, धेरै महिला वैदेशिक रोजगारीका लागि विदेशिएका छन् । श्रीमान घर कुरेर बस्छन् । उनका साखै भाइ पेम्बाको पनि मेखामाई र रीतामाई गरी २ श्रीमती छन् । उनीहरू पनि दिदीबहिनी हुन् । जेठी अहिले विदेशमै छिन । जेठीकी दुई छोरा भए । कान्छीपट्टिबाट जन्मेको छैन । १० वर्षअघि ओमन, त्यसपछि झण्डै २ वर्ष साउदी अरबमा बिताएर वैदेशिक रोजगारीको अनुभव लिएका उनी आजकल काम हुँदा गाउँको ढुंगाखानीमा जान्छन् । पेम्वा काम नहुँदा घर कुरुवा भएर बस्छन् ।

बेलाबेलामा उनमा भूकम्पको पीडा छचल्किने गरेको तीतो अनुभव बाँडे । उनका लागि कहिल्यै निको नहुने घाउ बनेर आयो विक्रम संवत् २०७२ वैशाख १२ गतेको भूकम्प । भूकम्पमा परेर ३ वर्षका छोरा मायस गुमाएका कारण उनले कहिलै त्यो समय नभुल्ने भावुक हुँदै सुनाए ।

त्यो दिन मेखामाई छोरालाई झोलुंगोमा हालेर सुताउने तरखरमा थिइन् । एकैचोटी गुटुङ्टुङ भएर हल्लायो । एकैछिनमा घर गर्लामगुर्लुभ ढल्लो । मायस पुरिए । आमा मेखामाईको पनि टाउकोबाहेक सबै पुरियो । गाउँलेले निकै समय लगाएर आमालाई त निकाले तर छोरा फेला परेनन । ३ दिनपछि छोराको लास भेटियो त्यस दिनलाई सम्झदै पेम्वाले दुखेसो पोखे ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button