शिक्षासमाचार

पूर्वाञ्चल विश्वविद्यालयका विद्यार्थी परीक्षा प्रणाली सुधारको माग गर्दै आन्दोलनमा

मोरङ

पूर्वाञ्चल विश्वविद्यालयका विद्यार्थीहरु परीक्षा प्रणाली सुधारको माग गर्दै आन्दोलनमा उत्रेका छन्। । विराटनगर स्थित विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा गएको २ दिन देखि सोही माग राखी विद्यार्थीहरुले घेराउ तथा आन्दोलन गरिरहेका छन्। । सो क्रममा उनीहरुले उत्तरपुस्तिका पुनः परिक्षण हुनुपर्ने मागसहित परीक्षा नियन्त्रकलाई ज्ञापनपत्र समेत बुझाएका छन्।

विज्ञप्तीमा विद्यार्थीहरुले प्रत्येक सेमेष्टरमा मौका परीक्षा, उत्तरपुस्तिका पुनः जाँचका क्रममा लाग्ने दस्तुर रकम ५ सय रुपैयाँ बनाउनु पर्ने, उत्तर पुस्तिका परीक्षण र परीक्षाफलमा लापरबाही गर्ने शिक्षक तथा कर्मचारीलाई बर्खास्त गर्नु पर्ने, र उत्तरपुस्तिका कोडिङ गरेर मात्र जाँच गर्न दिने व्यवस्था मिलाइनु विद्यार्थीहरुको माग छ ।

विश्वविद्यालयका परीक्षा नियन्त्रक प्रा.डा. सूर्यप्रसाद संग्रौलाले विद्यार्थीहरुले उठाएका जायज मागहरु नीति र नियम भित्र रहेर सम्बोधन गर्न सकिने बताएका छन । संग्रौलाले कलेजको माध्यमबाट प्रक्रियागतरुपमा विद्यार्थीहरुले आफ्ना समस्या लिएर आए नियमसंगत ढंगले प्रक्रिया अघि बढाउन तयार रहेको स्पस्ट पारे ।

अर्को तर्फ, आन्दोलनमा रहेका विद्यार्थी मनोजकुमार रैताले ईञ्जिीनियरीङको लिखित परीक्षामा विद्यार्थीहरु उतीर्ण हुनुपर्नेमा जानाजान अनुत्तीर्ण गराउने गरेको पाइएपछि आन्दोलन गर्नु परेको गुनासो गरे । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएका विराटनगरका पुसेट तथा इष्टर्न कलेज अफ इन्जिनियरिङमा अध्ययन गर्ने विद्यार्थीले कार्यालयमा बिहीबार पनि घेराउ गरेका हुन्।

विद्यार्थीहरुले परीक्षा प्रणाली अपारदर्शी र परीक्षार्थी मैत्री नभएको आरोप लगाउँदै बुधबारबाट आन्दोलित बनेका विद्यार्थीले विश्वविद्यालयको परीक्षण नियन्त्रण कार्यालय तोडफोड पनि गरेका छन्। । तोडफोडमा परीक्षा नियन्त्रण र सह–नियन्त्रकको कार्यालय सहित प्रशासन र लेखा शाखाका सिसा र फर्निचरमा क्षति पुगेको कलेजले जानकारी दिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button