समाचारस्वास्थ्यहेडलार्इन

२ वर्ष मुनिका शिशुलाई मह, माछा खुवाउदै हुनुहुन्छ भने होसियार

महलाई निकै स्वस्थकर र पौष्टिक आहार मानिन्छ । डाक्टरहरु प्रायः सबैजसो रोगका लागि मह सेवन लाभदायक हुने बताउँछन । पोषणका हिसाबले त यो अत्यन्तै उपयोगी खाद्यवस्तु हो । तर, २ वर्षमुनिका शिशुका लागि भने मह हानिकारक छ ।

महमा एक खतरनाक ब्याक्टेरिया पाइन्छ, जुन प्राण घातक रोग बोटुलिजमको कारण बन्न सक्छ । यो ब्याक्टेरियाले बयस्कलाई कुनै असर गर्न सक्दैन । तर, शिशुको नाजुक प्रतिरक्षा प्रणालीलाई भने नराम्ररी प्रभावित गर्छ, र शिशुलाई बिरामी पार्न सक्छ ।

यो ब्याक्टेरिया हरेक प्रकारको महमा रहन्छ, चाहे त्यो जुनसुकै स्रोतबाट लिइएको र जतिसुकै शुद्ध होस् । त्यसैले, दुई वर्षमुनिका शिशुलाई मह खुवाउन हुँदैन । त्यस्तै, माछा पनि हाम्रो स्वास्थ्यका लागि राम्रो मानिन्छ । यो हेल्दी फ्याट, प्रोटिन, भिटामिन र मिनरल्सको उत्तम स्रोत हो । तर, फाइदाका साथसाथै माछा खानुका केही बेफाइदा पनि छन् । शिशुका लागि त यो घातक हुन सक्ने विज्ञहरुको भनाई छ ।

सबैजसो माछामा मर्करीको उल्लेख्य मात्रा रहन्छ । मर्करी मानव स्वास्थ्यका लागि खतरनाक धातु हो । यसले शरीरमा बायो–अकुमुलेसन हुन थाल््छ, जसबाट शरीरमा पोइजनिङको खतरा रहन्छ । मर्करीले सिधा स्नायु प्रणालीमा असर गर्छ । यसबाट शिशुको मानसिक विकासमा गम्भीर असर पर्छ । वयस्कमा उति असर नदेखाउने मात्राको मर्करीले पनि शिशुको विकासमा भने बाधा गर्न सक्छ । त्यसैले, २ वर्ष मुनिका शिशिुलाई माछा खुवाउनु हुदैन ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button