समाचारसमाज

प्रहरी साहयक निरिक्षकलाई घुस लिँदै गर्दा अख्तियारले क्यापज्याप पार्य

विराटनगर

शान्ति सुरक्षार्थ खटिएका प्रहरी सहायक निरीक्षक श्यामकुमार दाहाल घुससहित विराटनगर बाटा पक्राउ परेका छन्। । भारतबाट तरकारी ल्याउने व्यापारीसँग ७ हजार घुस लिइरहेको अवस्थामा रंगे हात अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले उनलाई पक्राउ गरेको हो ।

विराटनगर स्थित गुद्रि बजारमा आउने व्यापारीलाई तरकारी चेक जाँच नगर्ने भन्दै व्यापारीसँग ७ हजार रुपैयाँ घुस लिँदै थिए । माग जति पैसा नदिए तरकारी नियन्त्रण लिएर कारबाही गर्ने धम्की दिन थालेपछि व्यापारीले नै अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा दुखेसो गरेका थिए ।

पक्राउ परेका प्रहरी साहयक निरिक्षक दाहाल केसेलियाका सिआरबी हुन्। उनको नेतृत्वमा केसेलियामा ११ जनाको टोली रहेको छ । भारतबाट आयत भएको तरकारी चेक जाँच नगर्ने भन्दै व्यापारीसँग असई दाहालले दैनिक नै घुस लिने गरेका थिए । सोही क्रममा बुधबार अख्तियारले प्रहरी साहयक निरिक्षक दाहाल लाई नियन्त्रणमा लिएको प्रवक्ता ज्ञानेन्द्र ढकालले जानकारी दिए । प्रवक्ता ढकालका अनुसार दाहाल माथि थप अनुसन्धान शुरु गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button