राजनीतिसमाचारहेडलार्इन

नेपाली कांग्रेस पाटी प्रति नेकपाका अध्यक्ष प्रचण्ड धरान आएर किन आक्रोश व्यक्त गरे, भिडियो सहित ………

नेपाली कांग्रेस पाटी प्रति नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रष्पकमल दाहाल प्रचण्डले आक्रोश व्यक्त गरेका छन । यही मंसिर १४ गते हुन लागेको उपनिर्वाचननको चुनावी जनसभालाई सम्बोधन गर्न बुधबार धरान आएका अध्यक्ष दाहालले आक्रोश ब्यक्त गरेको हो । ‘तपाईहरुले मलाई ५ वर्ष प्रधानमन्त्री दिन्छौं पाटी एकता नगर पक्कै भनेकै हो,तर मैले ईन्कार गरेको हो ।

आज म तपाई धराने जनसमुदाय समक्ष बढो प्रष्ट संग भन्न चाहन्छु , कांग्रेसका साथीहरु तपाईहरुले मलाई प्रधानमन्त्री दिन्छु भनेकोमा त धन्यवाद भन्नु पर्छ तपाईहरु प्रति तर तपाईहरुको नियात कम्युनिष्टहरु एकताबद्ध नहुन्न, यो राष्ट एकताबद्ध नहोस,राजनीति स्थायीवत्व नहोस भन्ने तपाईहरुको नियात प्रति म आक्रोश व्यक्त गर्न चाहन्छु , आबेग व्यक्त गर्न चाहन्छु’ सभा कार्यक्रममा बोल्दै ध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

कांग्रेसका साथीहरुलाई म भन्न चाहन्छु तपाईहरु मेरो चिन्ता नलिहोस आफ्नै चिन्ता लिनुहोस तपाईहरुको हालत खराब भईसकेको छ, अझै यसरी नै जनतालाई ढाट्दै जानु भो विकासे काम तिर ध्यान दिनु भएन भने छिट्टै नेपाली कांग्रेस पनि नेपालमा थियो र भन्ने दिन आउन सक्छ’ अध्यक्ष दाहालले कम्युनिष्टको कुरा काटेर समय खर्च नगर्न भन्ने संकेत गदै यस्तो बताए ।

धरानको भानुचोकमा आयोजित चुनावी जनसभामा बोल्दै नेकपाका अध्यक्ष प्रचण्डले सभामा जनताको उत्साहजनक सहभागिता देखेपछि विपक्षीहरुले फैलाएको हल्ला र भ्रम तोडिएर जनाताले कम्युनिष्ट सरकारालाई रुचाएका कारण मंसिर १४ गते देशभरका उपनिर्वाचनमा कम्युनिष्टलाई फेरि जिताउने बताए । ‘देशभरको चुनावमा ८० प्रतिशत जित अहिल्यै सुनिश्चित भइसकेको छ, धरानमा पनि प्रकाश राईको विजय औपचारिकरुपमा घोषणा हुन मात्र बाँकी रहेको छ, धरानमा प्रकाश राई लाई जितानुहोस केन्द्रिय सरकार सरकार र पाटीले धरानका लागि गर्नु पर्ने काम गर्छ ’ अध्यक्ष दाहालले बताए ।

अध्यक्ष दाहालले धरानको विकास र समृद्धिको लागि केन्द्रबाट आफुले सक्दो सहयोग गर्ने पनि वचन दिए । ‘धरानमा नेकपालाई अत्यधिक बहुमतले बिजयी गराएर पठाउनुहोस धरानको विकास आवश्यकता पुरा गर्नका लागि केन्द्रबाट मेरो भरपुर सहयोग हुनेछ,’अध्यगक्ष दाहालले भने ।
अझै पनि जनतासामु कांग्रेसले झुट बोल्न नछोडे म्युजियममा राख्ने वस्तुमा कांग्रेस परिणत हुने अध्यक्षले बताए । ‘कांग्रेसले झुट पनि कति बोल्न सकेको ? जति झुट बोल्छ, उति हाम्रो भोट बढ्छ,’अध्यक्ष दाहालले भने,‘यसरी नै झुट बोलिरहने हो भने कांग्रेस इतिहासको वस्तु हुन बेर छैन । नेपाली कांग्रेस पाटी पनि थियो र भन्ने अवस्था आउन बेर छैन ।’

भारतले नेपाली भुमि मिचेर नक्सा निकालेको बिषयमा प्रधानमन्त्रीले सर्वदलीय बैठक डाकेको र त्यो बैठकमा कांग्रेस सभापतिले प्रधानमन्त्रीलाई धन्यवाद पनि दिएको प्रसंग निकाल्दै अध्यक्ष दाहालले पोखरामा भने सरकार र प्रधानमन्त्रीले केही गरेन भन्दै गाली गरेर जनतालाई ढाटेर भ्रम छरेको बताए । उनले १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता, शान्ति प्रक्रिया, संविधानसभा र संविधान निर्माणको सहयात्री दल भएकोले कांग्रेसको अस्तित्व नामेट होस भन्ने आफुले नचाहेको पनि बताए ।

नेकपा स्थायी कमिटि सदस्य तथा संविधानसभा अध्यक्ष सुवास नेम्बाङले कांग्रेसले भ्रष्टचार बढेको आरोप लगाए पनि अहिले भ्रष्टचार बढेको नभै भ्रष्टचारीहरुलाई कारबाहीको दायरामा ल्याएको बताए । जनसभालाई सम्बोधन गर्दै नेता नेम्बाङले नेकपाले भ्रष्टचारलाई देख्न नसक्ने र सरकारले पनि भ्रष्टचारको अन्तय गर्न कारबाही शुरु गरेको बताए ।

‘नेकपाले भ्रष्टचारलाई सहदैन, नेकपा नेतृत्वको सरकारले पनि भ्रष्टचारीलाई छोड्दैन, सरकारले कारबाही हुन्छ भन्यो, र अहिले धमाधम भ्रष्टचारी कारबाहीमा पर्न थालेका छन,’नेता नेम्बाङले भने,‘तर हाम्रा साथीहरु भ्रष्टचार बढ्यो भन्दैछन । बढेको होइन, कारबाही शुरु भएको हो ।’ नेता नेम्बाङले चुनाव प्रकाश राईले जितिसकेको उद्घोष गर्दै विजयी र्यालीमा आउन नपाउने भन्दै धरानवासीलाई अहिले नै बधाई भन्दै मेयरको बिजय बधाई दिएका थिए ।

त्यसैगरी स्थायी कमिटी सदस्य तथा १ नं प्रदेश इञ्चार्ज भीम आचार्यले २०४६ सालको परिर्वतन पछि पटक पटक बहुमतको सरकार बनाए पनि मुलुकको विकास र समृद्धि गर्नुको साटो उद्योग, कलकारखानाहरुलाई निजीकरणको नाममा धरासायी बनाएर जग्गा दलाल, माफियाको कब्जामा पुर्याएको कांग्रेसलाई आरोप लगाए । अहिले नेकपा नेतृत्वको सरकारले विजुली, सडक, खानेपानी, सिचाई लगायत थुप्रै आयोजनाहरु शुरुवात गरेको ईन्चार्ज आचार्यको भनाई थियो ।

जनसभालाई प्रतिनिधिसभा सदस्य सांसद जयकुमार राई, प्रदेश सांसद उमिता बराइली, जिल्ला सचिव तथा निर्वाचन परिचालन मुल समिति संयोजक रमेश बस्नेत, जिल्ला सदस्य पदम इस्वो लगायतले पनि सम्बोधन गरेका थिए .

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button