समाचारसमाज

अवैध सुन नेपाल भित्र्याउँदै गर्दा नेपाली महिला पक्राऊ

चीनबाट अवैध सुन नेपाल भित्र्याउँदै गर्दा २ जना नेपाली महिला पक्राऊ परेका छन् । प्रहरीले अवैध तरिकाबाट भित्र्याएको सुनसहित २ जना महिलालाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय रसुवाको टोलीले सोमवार बिहान गोसाईकुण्ड गाउँपालिका (२ रसुवागढीस्थित नेपाल(चीन सिमानाबाट गोसाईकुण्ड गाउँपालिका (१ थुमन बस्ने ४१ वर्षीया छो माया तामाङ र ३३ वर्षीया माया तामाङलाई नियन्त्रणमा लिएको छ ।

उनीहरुको साथबाट प्रहरीले ७ सय ४२ ग्राम सुन समेत बरामद गरेको छ । सीमा प्रहरी चौकी टिमुरेबाट खटिएको प्रहरीले चीनबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा ६ वटा सनका टुक्रा फेला पारेको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button