राजनीतिसमाचारहेडलार्इन

संघिय लोकतान्त्रिक खम्वुबानले कांग्रेसलाई सघाउने

मंसिर १४ गते हुने उपनिर्बाचनमा संघिय लोकतान्त्रिक खुम्बुवानले नेपाली कांग्रेसका तिलक राई लाईसघाउने भएको छ । खम्वुबानको तफबाट धरानमा मेयरमा स्तन्त्र उम्मेद्वार दिएकी एलिसा राईलाई स्वतन्त्र उम्मेदवार बनाएर चुनाबको प्रचारमा लागि परे पनि निर्वाचनको संघारमा कांग्रेसका उम्मेद्वार तिलक राईलाई समर्थन गर्ने निर्णय गरेको हो ।

आइतवार धरान–१२ मा पत्रकार सम्मेलन गरि दुई पार्टी बिच कार्यगत एकता घोषणा गर्दै दुई पार्टी बिच बिबिधतामा एकता स्वशासन र साझा शासनको पद्धति, समृद्ध अनि सम्पन शहर हाम्रो संकल्पको नारामा सहमती भएर कार्यगत एकता गरेको हो । कांग्रेस र खम्वुवान बिच सिद्धान्तमा कुनै मेल नखाए पनि धरानको बिकास र समृद्धिमा तिलक राईको नेत्रित्व आवश्यक भएकाले कार्यगत एकता भएको संघिय लोकतान्त्रिक खम्बुवानका केन्द्रीय महासचिब राजकुमार खम्बुले बताए ।

उनले भने ”हाल नेकपाका कारण धरानमा मौलाएको बेतिथि , बिकृत , भष्ट्राचारको बिरुद्ध कांग्रेससंगको सहकार्य भएको हो । धरानमा हाल एकतन्त्रिय शासनको बिरुद्ध परिबर्तन चाहने भएकाले कांग्रेसलाई रोजको हो । त्यस्तै धरान कांग्रेसका पुर्ब नगर सभाती किशोर राईले दुई पाटी बिच भएको कार्यगत एकता एतिहासिक भएको बताए । नेकपाले गरेको बेतिथि बिरुद्ध कार्यगत एकता भएकाले यसले नँया सन्देश प्रवाह एकता कार्यक्रममा नेताहरुले वताए ।

”धरानबासीलाई नेकपाले दःुखमा पारी रहेको बेला भएको कार्यगत एकताले धराने जनतालाई समृद्धिको बाटो उन्मुख लैजान्छ“ नेता किशोर राईले भने । स्तर्फुतरुपमा सहकार्य भएकाले तिलक राईको जितलाई मजबुद भएको र आगमी दिनमा पनि सहकार्य गर्न आग्रह गर्दै रुख चिन्हमा मत माग्न आब्हान गर्दै बिकासमुखी मेयर चुन्न आग्रह पनि गरे ।
त्यस्तै संघिय लोकतान्त्रिक खम्बुवानका केन्द्रीय उपाध्यक्ष राहुल राईले धराने जनता अहिले महत्वपूर्ण घडीमा रहेकाले धरानको लागि असल प्रतिनिधि चयन गर्न मौका यो भएकाले तिलक राई जस्तो बिकास प्रेमि नेतालाई जिताउन मात्र कार्यगत एकता भएको बताए । उनले भने ”हाम्रो पार्टीसंग कांग्रेसको सिद्धान्त मिल्दैन तर धरानमा बिकास र अन्य एजेन्डा मिलेकाले कार्यगत एकता भएको हो ।

धरान नगरबासीको आवश्यकता र चाहानले पार्टीको सिद्धान्त फरक फरक भए पनि धरानको बिकास र निकाशकालागि मात्र सकार्य भएको बताए । कम्युनिष्टले जनतालाई भ्रम फैलाएका कारण कांग्रेसलाई जिताउन सहकार्य गरिएको हो । नेपाली कांग्रेस धरानका का.बा. सभापति महेन्द्र तामाङ्गको अध्यक्षतामा भएको कार्यगत घोषणा कार्यक्रममा नेपाली कांग्रेसका सुनसरी सचिब सुजेन्द्र गोले तामाङ्ग , कांग्रेस धरान नगर पुर्व सभापति किशोर राई, सदस्य पञ्चकला राई , संधिय लोकतान्त्रिक खम्बुवानका महासचिब राज कुमार खम्बु , प्रेस युनियनका धरान नगर सचिक मात्रिका प्रसाद नेपाल, केन्द्रीय सदस्य मोहन राई , डोम्सम राई केन्द्रिय उपाध्यक्ष राहुल राई, मेयरको उम्मेदवार एलिसा राई लगाएको विशेष उपस्थित रहेको थियो ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button