राजनीतिसमाचार

उम्मेद्वार तिलक राई लाई धरानका ब्यपारीहरुले कर घटाउन आग्रह गरे

धरान ः धरान १ ,२ र १२ नम्बर वडाका ब्यपारीहरुले नेपाली कांग्रेसका उमेयरका तिलक राईलाई स्थानिय देखि संघिय बर्तमान नेकपा सरकारको नितिका कारण करको कारणले ब्याबसाय चौपट र धरासायी भएका कारण करको नितिको विरुद्ध लड्न आग्रह गरेका छन । आइतवार चुनाबी घरदैलोको क्रममा मत माग्न आएका तिलक राई ब्यापारीहरुले यस्तो आग्रह गरेका हुन ।

ब्यपारीहरुले करको मार्कमा परेको भन्दै बिजयी भएर करलाई सबैको पउचँमा पुर्याउन समेत तिलक राईलाई आग्रह गरेका थिए । सर्बहाराको वकालत गर्ने कम्युनिष्टले सानो तिनो ब्यापारी गरी गरी खानेहरुलाई करको चापमा परेको भन्दै तिलक राईको कर घटाउछु भन्ने एजेन्डा मन परेको कारण कांग्रेसलाई समर्थन गर्ने उनिहरुले बताए ।

आइतवार बिहान प्रजातन्त्रका सेनानी चन्द्रप्रसाद श्रेष्ठको हातबाट आशिर्वाद लिएर तिलक राईले घरदैलो सुरु गरेका थिए । बजारबासीको साथ र समर्थन पाएर उत्साहका साथ घरदैलौ कार्यक्रम धरान –१२ को चतरालाइन छाता चौक हुँदै दक्षिण बजार , भानु चौक परिक्रमा गर्दै चतरालाइको पानी टंकीमा सम्पन भएको थियो । घर दैलोलो क्रममा वडा नं २ कि राजाबादी अगुवा तथा समाजसेबि पिग्ला न्यौपानेले पनि तिलकलाई लाल किल्ला दौड्नै पर्छ भन्दै आशिर्वाद दिइन ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button